२२ बैशाख २०८१, शनिबार | May 4, 2024

पुस भित्र १२ वटै जिल्लाको अधिवेशन गर्ने निणर्य गर्दै सकियो एमाले लुम्बिनी बैठक

'अवैधानिक कमिटी बनाईए सूचना पाएको अर्को दिन भंग गरिने'



बुटवल । पुसभित्रै लुम्बिनी प्रदेशका १२ वटै जिल्लाहरूका अधिवेशन सम्पन्न गर्ने निर्णय गर्दै नेकपा एमालेको लुम्बिनी प्रदेश कमिटीको पहिलो पूर्ण बैठक सम्पन्न भएको छ ।

भदौ १६ गते राधाकृष्ण कँडेलको नेतृत्वमा प्रदेश कमिटी चयन भएपछि बिहीबार बुटवलमा पहिलो पूर्ण बैठक बसेको हो । पूर्ण बैठकलाई सम्बोधन गर्दै सचिव अर्यालले अहिलेको कमिटीले आगामी संघ, प्रदेश र स्थानीय तहको चुनाव गराउने र पार्टीको ११ औं महाधिवेशन गराउने भएकाले विशेष जिम्मेवारीका साथ काम गर्नुपर्ने जिम्मेवारी आएको बताइन् ।

उनले अधिवेशनमा उत्पन्न प्रतिस्पर्धाको मनोविज्ञानको अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउने गरि योजना बनाउन निर्देशन दिइन् । गुटबन्दी गर्ने कसैलाई छुट नभएको उल्लेख गर्दै उनले अवैधानिक कमिटी बनाईए सूचना पाएको अर्को दिन भंग गरिने चेतावनी दिइन् । हरेकसँग विधान र नियमावलीका दस्तावेज हुनुपर्‍यो, कमिटीको महत्व र जिम्मेवारी नहुँदा चाहियो भन्ने काम गर्दा लैजा भन्ने कुरा अराजकता हो ।’ उनले भनिन् ।

पार्टीमा फुर्सदका बेला काम गर्ने मात्र नभएर कम्युनिस्ट पार्टीको आचरणअनुसार काम गर्ने कार्यकर्ता जन्माउनु पर्ने उनको भनाइ थियो । पार्टीका जिम्मेवारीमा बसेकाहरुको आचरण सुधार गर्नुपर्ने भन्दै उनले कम्युनिस्ट पार्टीका कार्यकर्ता विचारमा पनि स्पष्ट हुनुपर्ने बताइन् ।

बैठकले अधिवेशनको समीक्षा गर्दै सचिवालय गठन, विभागीय जिम्मेवारी बाँडफाँड, जनसंगठनको भेला, पार्टी इतिहास लेखन र स्कुल विभाग संचालन तथा कार्यालय व्यवस्थापनका विषयमा टुंगो लगाएको प्रचार विभाग प्रमुख डिआर घिमिरेले बताए ।

लुम्बिनीमा सबैभन्दा पहिले अधिवेशन भएकाले जिल्लाहरुको पनि पहिले अधिवेशन सक्नेगरी योजना बनाइएको घिमिरेले बताए ।

प्रकाशित मिति : १२ आश्विन २०८०, शुक्रबार  १० : ०५ बजे

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै

भारतले प्याज निर्यातमा प्रतिबन्ध हटायो

काठमाडौं । भारतले प्याज निर्यातमा लगाइएको प्रतिबन्ध हटाएको छ ।

गौशालाका गाई गोरुलाई निलकण्ठ आमा समुहको दानापानी

बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ७ स्थित शिवनगर सामुदायिक

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी सुरु

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायको आयोजनामा अन्तराष्ट्रिय

कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

सुर्खेत । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन भइरहेको ‘सिद्धार्थ