७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

कांग्रेस महाधिवेशनमा क्रियाशीलकै अड्को



काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन हुने नहुने क्रियाशील सदस्यताको विवाद समाधानमा नै निर्भर देखिएको छ । अहिलेसम्म क्रियाशील सदस्यताको विवादकै कारण महाधिवेशन सर्दै आइरहेको छ ।

कांग्रेसको महाधिवेशनको नयाँ कार्यतालिका अनुसार वडा तहको अधिवेशन १८ भदौमा सुरु भइसक्नुपर्छ । यो दिन आउन अब ११ दिन छ । तर, अझै पनि क्रियाशील सदस्यताको विवाद समाधान हुने नहुने निश्चित छैन ।

क्रियाशील सदस्यताको विषयमा देखिएको विवादको समाधानका लागि प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका शीर्ष नेता निरन्तर जसो छलफलसमेत गर्दै आइरहेका छन् । हाल विवाद समाधानको जिम्मा नेता कृष्णप्रसाद सिटौलासहित नेताहरू रमेश लेखक र डा। मीनेन्द्र रिजाललाई दिइएको छ ।

कांग्रेसले बनाएको क्रियाशील सदस्यता छानबिन समितिले सदस्यताको प्रतिवेदन विवादलाई यथावत् राखेर पदाधिकारीसहित शीर्ष नेतृत्वलाई बुझाएको थियो । नयाँ कार्यतालिका अनुसार २ भदौसम्म क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने समय तोकिएको थियो । सो समय नाघिसकेको छ । सोही दिन नै निर्वाचन निर्देशिकालाई अन्तिम रूप दिने कांग्रेसको नयाँ कार्यतालिकामा उल्लेख गरेको थियो ।

प्रतिवेदनअनुसार बारा र सप्तरीका नयाँ सदस्यतामा जिल्लाभर विवाद छ । यस्तै, धनुषा ४, सर्लाही २ र रसुवा र सिन्धुपाल्चोकका केही नयाँ सदस्यतामाथि पनि विवाद छ । यस्तै अन्य दलबाट आएर सदस्यता दिएकाहरूका विषयमा पनि यी जिल्लामा विवाद कायम छन् । यसैगरी, अन्य पार्टीबाट समायोजन भएर आएकाहरूका विषयमासमेत सदस्यतामा विवाद छ ।

सदस्यताका विषयमा विवाद समाधान नहुँदा महाधिवेशन होला कि नहोला भन्नेमा अझै पनि आशंका उब्जँदै आइरहेको छ । कांग्रेस नेता रामकृष्ण यादव अब पनि सदस्यताको विवाद समाधान नभए महाधिवेशन गाह्रो हुने बताउँछन् ।

‘सदस्यताको विवाद देखाएर महाधिवेशन सारिएको छ, फेरि पनि विवाद समाधान उन्मुख भइरहेको देखिँदैन । यस्तै हो भने तोकिएको मितिमा महाधिवेशन गाह्रो छ,’ यादवले राजधानीसँग भने ।

उनले महाधिवेशन गर्ने नै हो भने अब विवाद देखिएका स्थानमा नयाँ क्रियाशील सदस्यतालाई थाँती राखेरै भए पनि नेतृत्व अघि बढ्नुपर्ने बताए । यो मतमा कांग्रेसभित्रको पौडेल समूहमा बलियो छ ।

यो समूहले विवाद भएका सदस्यताका हकमा १५औं महाधिवेशनमा मताधिकार दिनेगरी निर्णयमा पुग्न सकिने बताउँदै आइरहेको छ ।

क्रियाशील सदस्यता छानबिन समितिका संयोजकसमेत रहेका सभापति देउवानिकट नेता लेखक भने अब क्रियाशील सदस्यताका विषयको विवाद लगभग टुंगिएको बताउँछन् ।

‘विवाद समाधान उन्मुख छ, छिट्टै सभापतिलाई सदस्यताको फाइनल लिस्ट बुझाउँदै छौं,’ नेता लेखकले भने । कांग्रेसले नयाँ कार्यतालिका अनुसार १४औं महाधिवेशन ९ देखि १३ मंसिरसम्म गर्ने निणर्य गरिसकेको छ । यस्तै, वडा अधिवेशन १८ भदौ, गाउँ तथा नगर अधिवेशन २७ भदौ, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन १ असोज, संघीय निर्वाचन क्षेत्रको अधिवेशन ५ असोज, जिल्ला अधिवेशन १० असोज र प्रदेश अधिवेशन १० देखि १२ कात्तिकसम्मका लागि तोकिएको छ । आजको राजधानी दैनिकमा महेश्वर गौतमले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ७ : २६ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल