१५ चैत्र २०८२, आइतबार | March 29, 2026

ओलीसँग निर्णायक वार्ताको लागि माधव नेपालको साथ छाडेका नेताहरु बालकोटमा



काठमाडौं । माधवकुमार नेपालले नयाँ पार्टी दर्ता गरेपछि उनको समुहबाट अलग भएका एमाले नेताहरूले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

नेताहरू घनश्याम भुसाल, भीम रावल, गोकर्ण विष्टलगायतका नेताहरू बालकोट पुगेर ओलीलाई भेट गरेका हुन् ।

विगतमा नेपाल पक्षमा आबद्ध रहे पनि उनले नयाँ पार्टी खोल्ने कदम चालेपछि सो पक्षबाट अलग भएका नेताहरूले १० बुँदे सहमति कार्यान्वयनको माग राख्दै ओलीलाई भेटेका हुन्।

एमाले विवाद समाधान गरी एकता कायमका लागि विगतमा गठित कार्यदलले गरेको १०बुँदे सहमति कार्यान्वयनका लागि दबाब दिने उद्देश्यले भेट गरिएको एक नेताले बताएका छन् । तर अध्यक्ष ओलील भने सहमति कार्यान्वयन भैसकेको बताउँदै पार्टी बैठकमा सहभागि बन्न सुझाव दिएका छन् ।

नेता नेपालको नेतृत्वमा रहेको नेकपा (एकीकृत समाजवादी) मा नगएका यि नेताहरूले १०बुँदे सहमतिमा टेकेर एमालेभित्रै संघर्ष गरी सम्मानित रूपमा अघि बढ्ने रणनीति अख्तियार गरेका छन् ।

उनीहरुले यहि भदौ ४ गते १० बुँदे सहमति अक्षरशः कार्यान्वयनका लागि पार्टी अध्यक्ष ओलीलाई अल्टिमेटम पनि दिएका दिएका थिए । अल्टिमेटमको कुनै प्रतिक्रिया नआएपछि उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्टलगायत नेताहरु ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।

ओली पक्षका नेताहरुले १० बुँदे कार्यान्वयनमा गइसकेको बताउने गरेका छन् । तर त्यसको अनुभूति आफूहरूले गर्न नपाएको नेपाल पक्षबाट अलग्गिएका नेताहले बताउने गरेका छन् ।

प्रकाशित मिति : ७ भदौ २०७८, सोमबार  १ : १५ बजे

रविको मुद्दा संशोधन विवादको रिट अब सर्वोच्चको पूर्ण इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको

ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा सोमबार सर्वोच्चमा सुनुवाइ

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई

सरकारको पहिलो कामलाई लगानीकर्ताको रेडलाइट, नेप्सेमा ७१ अङ्कको गिरावट

काठमाडौं । नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन आज

नेकपा संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको नेतामा पुष्पकमल

बाँके एमालेको नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको