१९ बैशाख २०८१, बुधबार | May 1, 2024

ओलीसँग निर्णायक वार्ताको लागि माधव नेपालको साथ छाडेका नेताहरु बालकोटमा



काठमाडौं । माधवकुमार नेपालले नयाँ पार्टी दर्ता गरेपछि उनको समुहबाट अलग भएका एमाले नेताहरूले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

नेताहरू घनश्याम भुसाल, भीम रावल, गोकर्ण विष्टलगायतका नेताहरू बालकोट पुगेर ओलीलाई भेट गरेका हुन् ।

विगतमा नेपाल पक्षमा आबद्ध रहे पनि उनले नयाँ पार्टी खोल्ने कदम चालेपछि सो पक्षबाट अलग भएका नेताहरूले १० बुँदे सहमति कार्यान्वयनको माग राख्दै ओलीलाई भेटेका हुन्।

एमाले विवाद समाधान गरी एकता कायमका लागि विगतमा गठित कार्यदलले गरेको १०बुँदे सहमति कार्यान्वयनका लागि दबाब दिने उद्देश्यले भेट गरिएको एक नेताले बताएका छन् । तर अध्यक्ष ओलील भने सहमति कार्यान्वयन भैसकेको बताउँदै पार्टी बैठकमा सहभागि बन्न सुझाव दिएका छन् ।

नेता नेपालको नेतृत्वमा रहेको नेकपा (एकीकृत समाजवादी) मा नगएका यि नेताहरूले १०बुँदे सहमतिमा टेकेर एमालेभित्रै संघर्ष गरी सम्मानित रूपमा अघि बढ्ने रणनीति अख्तियार गरेका छन् ।

उनीहरुले यहि भदौ ४ गते १० बुँदे सहमति अक्षरशः कार्यान्वयनका लागि पार्टी अध्यक्ष ओलीलाई अल्टिमेटम पनि दिएका दिएका थिए । अल्टिमेटमको कुनै प्रतिक्रिया नआएपछि उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल, सचिव गोकर्ण विष्टलगायत नेताहरु ओलीलाई भेट्न बालकोट पुगेका हुन् ।

ओली पक्षका नेताहरुले १० बुँदे कार्यान्वयनमा गइसकेको बताउने गरेका छन् । तर त्यसको अनुभूति आफूहरूले गर्न नपाएको नेपाल पक्षबाट अलग्गिएका नेताहले बताउने गरेका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  १ : १५ बजे

नविल बैंक चोरी प्रकरणमा १ भारतिय सहित ४ जना पक्राउ

वीरगंज । वीरगंजमा नविल बैंक चोरी प्रकरणमा संलग्न रहेको आशंकामा

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गरिन्छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा काम गर्ने

नेपालले तेस्रो विकेट गुमायो, आरिफ आउट

काठमाडौं । नेपालले तेस्रो विकेट गुमाएको छ । नेपालका आरिफ

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २२८ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २२८ रनको लक्ष्य

अन्तर्राष्ट्रिय श्रमिक दिवस : घर बन्न छाडेपछि वैकल्पिक पेसामा मजदुर

तनहुँ । व्यास नगरपालिका-२ का ३४ वर्षीय राजु सेन्चुरीको मुख्य