१५ चैत्र २०८२, आइतबार | March 29, 2026

सुर्खेतमा पुनः एकसाता निषेधाज्ञा थप



सुर्खेत । जिल्ला प्रशासन कार्यालय सुर्खेतले थप एक साता निषेधाज्ञा थप गरेको छ । सुर्खेत प्रशासनले यही भदौ १५ गतेसम्मका लागि पुनः निषेधाज्ञा थपको सूचना गरेको छ ।

कोरोना भाइरस सङ्क्रमण अपेक्षितरूपमा नियन्त्रण हुन नसकेको र भीडभाडबाट सङ्क्रमण फैलन नदिन एक साताका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

जनताको जीवनस्तरलाई हेरेर प्रशासनले निषेधाज्ञा खुकुलो बनाउँदा यो बीचमा सङ्क्रमित बढेपछि यसलाई अनियन्त्रित हुन नदिन र नागरिकको जीवनरक्षा गर्न निषेधाज्ञालाई जारी राखिएको प्रजिअ रिजालले बताए ।

सुर्खेत प्रशासनले औषधि पसलहरू २४सै घण्टा खुला गरेको छ भने तरकारी, फलफूल तथा दुग्धजन्य पदार्थका लागि बिहान ६ः०० देखि बेलुका ६ः०० बजेसम्म खुला गरेको छ । त्यस्तै खाद्यान्नलगायत अन्य पसल बिहान ८ः०० देखि बेलुका ७ः०० बजेसम्म खुला राख्न सूचना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए ।

उनका अनुसार होटल तथा रेष्टुरेण्टमा कूल क्षमताको ५० प्रतिशत नबढ्ने गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुका साथै भीडभाड हुन नदिएर सञ्चालन गर्न सकिने र सरकारी तथा सार्वजनिक निकायमा स्वास्थ्य सुरक्षाका मापदण्ड पूर्ण पालना गरेर खोल्न निर्देशन दिइएको छ ।

जिल्ला प्रशासन कार्यालय सुर्खेतले सभा, सेमिनार, गोष्ठी, दोहोरी नाच, भोजभतेर, खेलकुद, स्वीमिङ, क्लब, देउडा, मेलाजस्ता गतिविधि गर्न पूर्ण निषेध गरेको छ । प्रशासनको कडाइले पछिल्लो समयमा कोरोना सङ्क्रमितको सङ्ख्यामा पनि कमि आएको जनाइएको छ । रासस

प्रकाशित मिति : ८ भदौ २०७८, मंगलबार  ८ : ५० बजे

रविको मुद्दा संशोधन विवादको रिट अब सर्वोच्चको पूर्ण इजलासमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको

ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा सोमबार सर्वोच्चमा सुनुवाइ

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई

सरकारको पहिलो कामलाई लगानीकर्ताको रेडलाइट, नेप्सेमा ७१ अङ्कको गिरावट

काठमाडौं । नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन आज

नेकपा संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको नेतामा पुष्पकमल

बाँके एमालेको नेपालगन्जमा प्रदर्शन

नेपालगन्ज । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको