३ पुस २०८२, बिहिबार | December 19, 2025

तनहुँमा भदौ १५ सम्म गतेसम्म अहिलेकै लकडाउन निरन्तरता



तनहुँ । तनहुँमा भदौ १५ गतेसम्म अहिलेकै लकडाउनले निरन्तरता पाएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले सोमबार राति १२ बजेदेखि अन्त्य भएको निषेधाज्ञालाई १५ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

सोमबार बसेको बैठकले साविककै लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । उनका अनुसार यस अगाडि बिहान ५ देखि १० बजेसम्म खुल्दै आएका खाद्यान्न तथा तरकारी पसल अब बिहान ५ देखि ११ बजेसम्म खुल्नेछन् ।

त्यस्तै अन्य व्यवसाय बिहान ११ बजेदेखि ६ बजेसम्म खुल्दै आएकामा अब १२ बजेदेखि ६ बजेसम्म खुल्ने निर्णय भएको छ । सार्वजनिक तथा निजी सवारी साधनलाई जोर-बिजोर लागू गरिएको छ । जोर दिन जोर नम्बर र बिजोर दिन बिजोर नम्बरका सवारी साधन सञ्चालन हुनेछ । जिल्लामा बिहान ६ देखि साँझ ६ बजेसम्म सवारी सञ्चालनको अनुमति दिइएको छ ।

प्रशासन कार्यालयले अब जिल्लामा स्मार्ट लकडाउनको तयारी गरेको छ । स्थानीय तहमा कोभिड सङ्क्रमणको जोखिमलाई हेरेर स्थानीय तहको सिफारिसबमोजिम स्मार्ट लकडाउन गरिने बरालले बताए । “अहिले सबै ठाउँबाट तथ्याङ्क नआएकाले साविककै लकडाउनलाई निरन्तरता दिइएको छ, बीचमा स्थानीय तहले सिफारिस गरे सोहीअनुसार निर्णय हुन्छ”, बरालले भने ।

सरकारले गत साउन १५ गते जारी गरेर भदौ १ गतेदेखि लागू हुने गरी स्मार्ट लकडाउन कार्यविधि लागू गरेको छ । सङ्क्रमण, मृत्यु, अस्पतालको पूर्वाधार, जनस्वास्थ्य मापदण्ड कार्यान्वयनको अवस्थालाई हेरेर कार्यविधिमा चार रङमा विभाजन गरिएको छ । जसमा रेड, एम्बर, एल्लो र ग्रीन जोनमा विभाजन गर्ने कार्यविधिमा उल्लेख छ ।

सङ्क्रमितको सङ्ख्या ६५ प्रतिशतभन्दा माथि भए रेड जोन, ३१ देखि ६५ प्रतिशत भए एम्बर, १६ देखि ३० प्रतिशतमा भए पहेँलो सङ्केतमा सफ्ट लकडाउन, १५ प्रतिशतभन्दा कम भए हरियो अर्थात् मिनीमल लकडाउनको नियम ल्याइएको छ । तनहुँमा सोमबारसम्म सक्रिय सङ्क्रमितको सङ्ख्या ३३३ रहेको छ । गत वैशाखयता तनहुँका चार हजार ९०५ जनामा सङ्क्रमण भएको छ भने चार हजार ४६६ जना निको भएका छन् । त्यस्तै १०६ जना सङ्क्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : ८ भदौ २०७८, मंगलबार  ९ : ५७ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको