७ आश्विन २०८३, बुधबार | September 23, 2026

एमाले स्थायी कमिटी बैठकमा वामदेव गौतम अनुपस्थित



काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकमा उपाध्यक्ष वामदेव गौतम अनुपस्थित भएका छन् । च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकमा नेता गौतम अनुपस्थित भएका हुन् ।

पार्टी विभाजनसँगै गौतम कुन पक्षमा जान्छन् भन्ने विषयमा चर्चा चल्ने गरेको छ । निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि निवेदन परेको भोलिपल्ट आफू पक्षका नेताहरुको बैठकमा केपी ओलीलाई साथ दिन नसकिने बताएका थिए ।

त्यसपछि उनी नेपाल नेतृत्वको नयाँ पार्टीतिर खुलेको बताइएको थियो। तर भदौ ६ गते उनको सचिवालयले गौतम एमालेमै रहेको भन्दै सूचना सार्वजनिक गरेको थियो ।

पार्टी विवादमा लामो समयदेखि माधवकुमार नेपाललाई साथ दिँदै आएका स्थायी कमिटी सदस्यहरु पनि आजको बैठकमा सहभागी भएका छन् ।

युवराज ज्ञवाली, भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, सुरेन्द्र पाण्डे, रघुजी पन्तले सोमबार दिउँसो ओली निवास बालुवाटार पुगेर उनीसँग सहमति गरेका थिए ।

सोही अनुसार उनीहरु बैठकमा सहभागी भएका हुन् । त्यसबाहेक अमृत बोहरा पनि बैठकमा सहभागी छन् । उनी अनुशासन आयोगका अध्यक्ष हुन् ।

आजको बैठकले असार २७ गते भएको १० बुँदे सहमति कार्यान्वयनको मोडालिटी तयार गर्ने बताइएको छ ।

प्रकाशित मिति : ८ भदौ २०७८, मंगलबार  ४ : ५७ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई