२१ मंसिर २०८२, आइतबार | December 8, 2025

राष्ट्रिय क्रिकेट टीम सलाम एयरबाट ओमान प्रस्थान



काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट संघ (आइसीसी) को आयोजनामा ओमानमा शुरू हुन गइरहेको खेलमा सहभागिताका लागि नेपालको राष्ट्रिय क्रिकेट टीम आज सलाम एयर मार्फत ओमान प्रस्थान गरेको छ ।

१७ खेलाडी तथा ५ खेल पदाधिकारीहरूसहित कूल २२ जनाको टीमलाई सलाम एयरको नेपालस्थित जीएसए आइएमई ट्राभलका संचालक एवम् आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले सम्मानसहित बिदाई गरेका छन् ।

आइसिसी सीडब्लुसी लिग २ अन्तर्गत नेपाल, ओमान र अमेरिकावीच ट्राई–सिरिजका लागि नेपाली राष्ट्रिय टीमका खेलाडीहरू सलाम एयर मार्फत आजै ओमान तर्फ प्रस्थान गरेका हुन् ।

बिदाई कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले अन्तर्राष्ट्रिय सिरिजका ३२ खेल मध्ये यो विदेशमा खेलिने पहिलो खेल भएको उल्लेख गर्दै यसै प्रतियोगिताबाट विजयीको शुरुवात हुने विश्वास व्यक्त गरे । नेपाली क्रिकेट टीमको खेल प्रदर्शनले सवैलाई आशावादी बनाएको उल्लेख गर्दै ढकालले क्रिकेटले नेपालको पर्यटन प्रवद्र्घनमा पनि महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखे ।

नेपाली राष्ट्रिय क्रिकेट टीमका प्रवन्धक विनोद दासले नेपालको एक उदयीमान व्यापारिक समुह आइएमई ग्रुप र अन्तर्राष्ट्रिय उडानमा ख्याती कमाउँदै आएको सलाम एयरको यो सहयोगले आफु र आफ्नो टीमलाई हौसला प्रदान गरेको बताए ।

आइएमई ट्राभलका प्रमुख कार्यकारी अधिकृत बिनोद सापकोटाले राष्ट्रकै गौरवका रूपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिनिधित्व गर्ने राष्ट्रिय टीमसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताउँदै भविष्यमा समेत यस्तै सहकार्य गर्दै जाने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित मिति : ८ भदौ २०७८, मंगलबार  ६ : १९ बजे

महाधिवेशन प्रतिनिधिलाई नेता तथा कार्यकर्ताको घर र कोठामा बासको व्यवस्था गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आसन्न ११औं राष्ट्रिय महाधिवेशनमा

‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह

काठमाडौँ । सरकारले ‘जेनजी’ प्रदर्शनमा घाइते भएकामध्ये परिचयपत्र छुटेको व्यक्तिलाई

इक्यान रुपन्देहीको अध्यक्षमा गोविन्द बस्नेत निर्वाचित

बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देहीको सातौँ वार्षिक

राजनीतिक स्थितीलाई विगार्ने र निर्वाचनलाई प्राभावित गर्ने काम हामीबाट हुदैन : अर्थमन्त्री खनाल

नेपालगन्ज । नीजि क्षेत्रले नेपालगन्ज दिल्ली सिधा हवाई उडानका लागि

‘डिसइन्फर्मेसनबाट समाजलाई जोगाउन अति आवश्यक’

नेपालगन्ज । उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलाशका वरिष्ठतम् न्यायाधीश बामदेब