२४ माघ २०८२, शनिबार | February 7, 2026

कारोना संक्रमणका कारण चाडका पूर्वराष्ट्रपति हाब्रेको सेनेगलमा निधन



एजेन्सी । युद्ध अपराध र मानवताविरुद्धको अपराधका लागि सेनेगलमा आजिवन जेल सजाय भोग्दै आएका चाडका पूर्वराष्ट्रपति हिसेन हाब्रेको ७९ वर्षको उमेरमा निधन भएको सेनेगलका न्यायमन्त्री मलिक सालले मङ्गलबार बताएका छन् ।

“हाब्रे भगवान्को साथमा लीन भए,” सालले टेलिभिजन च्यानल टीएफएमसँग भने । सेनेगलस्थित चाडको महावाणिज्य दूतावासले उनको कोभिड-१९ को कारण मृत्यु भएको बताएको छ ।

सन् १९८२ देखि १९९० सम्म चाडमा शासन गरेका हाब्रेलाई सन् २०१६ मा सेनेगलको राजधानी डकारमा अफ्रिकी संघ समर्थित मुद्दामा युद्ध अपराध र मानवता विरुद्ध अपराधको अभियोग लगाइएको थियो ।

उनले सन् १९८२ मा चाडमा सत्ता कब्जा गरी करिब आठ बर्ष चाडको राष्ट्रपति बनेका हाब्रे सन् १९९० मा सत्ताच्यूत भएपछि सेनेगलतर्फ भागेका थिए ।

विरोधीहरूलाई क्रुर यातना र मृत्युदण्डलगायत दमनकारी नीति लिएको भन्दै हाब्रेको शासनकाल चाडका जनताको भलाइमा नभएको निश्कर्ष उनका विरोधिहरूले बताउने गरेका छन् । मरुभूमी क्षेत्रमा रहेको मुलुक चाडमा हाब्रेको कार्यकालमा करिब ४० हजार जनाको मृत्यु भएको अनुमान गरिएको छ ।

‘अफ्रिकाको पिनोशे’ भनेर चिनिने भूतपूर्व तानाशाह सन् २०१३ मा गिरफ्तार गरिनुपूर्व डाकार निर्वासनमा आफ्नी पत्नी र छोराछोरीसित बजारको उपनगरमा शान्त जीवन बिताउँदै आएका थिए ।

प्रकाशित मिति : ९ भदौ २०७८, बुधबार  ७ : ३६ बजे

बाँकेमा निर्वाचन आचारसंहिता उल्लङ्घनका १६ घटना

नेपालगन्ज । निर्वाचनको मिति नजिकिएसँग बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन

प्रतिनिधिसभा सदस्य निर्वाचनः राष्ट्रिय पर्यवेक्षक संस्थाहरुका लागि अभिमुखीकरण

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय पर्यवेक्षक संस्थाहरुका लागि अभिमुखीकरण कार्यक्रम

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठक आइतबार

युवा पुस्ताको भावनाअनुसार कांग्रेस क्रियाशील छ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ताको भावनाअनुसार

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

नारायणगढ । भरतपुर महानगरपालिका–१६ छाहारी चोक नजिक मिनी ट्रक र