१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

‘नयाँ पार्टी गठन गर्न ढिला भयो भनेर कराउने भीम रावलहरुले नै धोका दिनुभयो’ : गंगाधर तुलाधर



काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता गंगाधर तुलाधरले मध्यमार्गी नेताहरुले अन्तिम समयमा धोका दिएको आरोप लगाएका छन् ।

निर्वाचन आयोगमा सनाखतका लागि पुगेका नेता तुलाधरले नयाँ पार्टी गठन गर्न ढिला भयो भन्नेहरुले नै अन्तिममा धोका दिएको आरोप लगाए ।

‘हामीसँग रहेका १० जना साथीहरुले केपी ओलीलाई बिचमा राखेर फोटो खिचाउनुभयो । उहाँहरुले उता सनाखत गरिसक्नुभयो । मध्यपन्थी मध्यस्तता गर्ने साथीहरु क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणमा छुट्नुभयो । आजको अवस्था आउनका निम्ति उहाँहरु नै मुख्य भूमिकामा हुनुहुन्छ । पार्टी गठन गर्न ढिला भयो भनेर कराउने उहाँहरु नै हो । अहिले आएर उहाँहरुले धोका दिनुभयो,’ तुलाधरले भने ।

उनले कारवाही गरेकाले सनाखत गर्न मिल्दैन भनेर एमालेले भन्न नपाउने पनि जिकिर गरे । यो कानुनले भन्ने उनको भनाइ थियो ।

नेता तुलाधारले पार्टी विभाजन आफूहरुको चाहना नभएको पनि दाबी गरे । ‘एकता चाहना हहो । विभाजन बाध्यता हो । ओलीले गर्ने व्यवहारमा सुधार देखिएन । बाध्य भएर रगत पसिना घिसेको, आधा जीवन खर्च गरेको पार्टी छोड्न बाध्य भयौं । चुप लागेर बस्न सकिएन । क्रान्ति अगाडि बढाउन, कम्युनिस्ट आन्दोलन जोगाउन, विसर्जनवाद, संशोधनवादबाट पार्टी जोगाउन जरुरी थियो । पार्टी दर्तासम्म आइपुग्यौं,’ उनले भने ।

आफूहरु नेपाली क्रान्तिलाई र कम्युनिस्ट आन्दोलन जोगाउनका निम्ति कम्युनिस्ट क्रान्तिकारी पार्टी निर्माणमा लागेको तुलाधरले बताए । ‘पर्याप्त संख्या भएको छ । औपचारिक र वैधानिक रुपमा पार्टी दर्ता हुने क्रममा छ,’उनले भने

प्रकाशित मिति : ९ भाद्र २०७८, बुधबार  २ : २६ बजे

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना

विदेश उत्तम, स्वदेश खत्तम’ भन्ने बुझाई गलत छ : अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सङ्घीय परिषद् अध्यक्ष