१५ चैत्र २०८२, आइतबार | March 29, 2026

‘नयाँ पार्टी गठन गर्न ढिला भयो भनेर कराउने भीम रावलहरुले नै धोका दिनुभयो’ : गंगाधर तुलाधर



काठमाडौं । प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता गंगाधर तुलाधरले मध्यमार्गी नेताहरुले अन्तिम समयमा धोका दिएको आरोप लगाएका छन् ।

निर्वाचन आयोगमा सनाखतका लागि पुगेका नेता तुलाधरले नयाँ पार्टी गठन गर्न ढिला भयो भन्नेहरुले नै अन्तिममा धोका दिएको आरोप लगाए ।

‘हामीसँग रहेका १० जना साथीहरुले केपी ओलीलाई बिचमा राखेर फोटो खिचाउनुभयो । उहाँहरुले उता सनाखत गरिसक्नुभयो । मध्यपन्थी मध्यस्तता गर्ने साथीहरु क्रान्तिकारी कम्युनिस्ट पार्टी निर्माणमा छुट्नुभयो । आजको अवस्था आउनका निम्ति उहाँहरु नै मुख्य भूमिकामा हुनुहुन्छ । पार्टी गठन गर्न ढिला भयो भनेर कराउने उहाँहरु नै हो । अहिले आएर उहाँहरुले धोका दिनुभयो,’ तुलाधरले भने ।

उनले कारवाही गरेकाले सनाखत गर्न मिल्दैन भनेर एमालेले भन्न नपाउने पनि जिकिर गरे । यो कानुनले भन्ने उनको भनाइ थियो ।

नेता तुलाधारले पार्टी विभाजन आफूहरुको चाहना नभएको पनि दाबी गरे । ‘एकता चाहना हहो । विभाजन बाध्यता हो । ओलीले गर्ने व्यवहारमा सुधार देखिएन । बाध्य भएर रगत पसिना घिसेको, आधा जीवन खर्च गरेको पार्टी छोड्न बाध्य भयौं । चुप लागेर बस्न सकिएन । क्रान्ति अगाडि बढाउन, कम्युनिस्ट आन्दोलन जोगाउन, विसर्जनवाद, संशोधनवादबाट पार्टी जोगाउन जरुरी थियो । पार्टी दर्तासम्म आइपुग्यौं,’ उनले भने ।

आफूहरु नेपाली क्रान्तिलाई र कम्युनिस्ट आन्दोलन जोगाउनका निम्ति कम्युनिस्ट क्रान्तिकारी पार्टी निर्माणमा लागेको तुलाधरले बताए । ‘पर्याप्त संख्या भएको छ । औपचारिक र वैधानिक रुपमा पार्टी दर्ता हुने क्रममा छ,’उनले भने

प्रकाशित मिति : ९ भदौ २०७८, बुधबार  २ : २६ बजे

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन

काँग्रेस नेता दीपक खड्कालाई ७ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता

बुटवलमा भोलीबाट आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता : देशभरबाट खेलाडी आऊन सुरु

बुटवल । रुपन्देही लन टेनिस संघको आयोजनामा आईतवार (चैत्र १६)

रुपन्देहीमा एक करोडको अवैध सामान बरामद

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट जाँच गर्ने क्रममा