२० असार २०८३, शनिबार | July 4, 2026

महन्थ ठाकुरको दल लोसपामा १४ सांसदले गरे सनाखत



काठमाडौं । समाजवादी पार्टी विभाजन गरेर महन्थ ठाकुरको अगुवाइमा बनेको नयाँ दल लोकतान्त्रिक समाजवादी पार्टीको वैधताका लागि सो दलमा रहेका सांसद तथा केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुले बुधबार निर्वाचन आयोग पुगेर सनाखत गरेका छन् ।

सनाखतपछि प्रतिक्रिया दिँदै वरिष्ठ नेता राजेन्द्र महतोले आफ्नो दलले वैधता पाएको जानकारी दिए । उनले आफ्नो पार्टीमा १४ जना सांसदहरुले सनाखत गरेको जानकारी दिए । उनले जेलमा रहेका कारण रेशम चौधरीले सनाखत गर्न नपाएकोसमेत बताए ।

उनले कार्यकारिणी समितिका ५१ मध्ये १७ जनाले सनाखत गरेको बताए । उनले आफ्नो दल हिमाल, पहाड र तराइमा क्रियाशील हुने भन्दै समावेसी लोकतन्त्र आफूहरुको मूल्य र मान्यता रहेको बताए । उनले बहुल राज्यको विषय पनि आफ्नो पार्टीको नीति रहेको बताए । उनले कुरा नबुझ्नेहरुले बहुल राज्यको विरोध गरेको बताए ।

उनले अध्यादेश ल्याएर सरकारले आफूहरुलाई सहज पारिदिएकोसमेत बताए । उनले विचार नमिलेपछि दल विभाजन हुनु स्वभाविक रहेकोसमेत बताए ।

 

प्रकाशित मिति : ९ भदौ २०७८, बुधबार  २ : ३८ बजे

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी

यस्तो छ सरकारको सय दिने उपलब्धि (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनमा झण्डै दुई

सरकारका सय दिनका उपलब्धि सार्वजनिक : मन्त्रालय घटाउँदा २० अर्ब बचत

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने

कांग्रेसको निस्कर्ष – १०० दिनमा सरकार असफल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको

सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : मन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार