७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

काबुल विस्फोटः १३ अमेरिकी सैनिकसहित ६० अफगानीको मृत्यु



एजेन्सी । अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थल नजिक भएको विस्फोटमा मृत्यु हुनेको संख्या ६० पुगेको छ । दर्जनौं घाइते भएका छन ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मृत्यु हुने ६० जनामध्ये १३ जना अमेरिकी नागरिक छन । उनीहरु अफगानिस्तानबाट अमेरिकीसँगै अन्य देशका नागरिकलाई फिर्ता ल्याउन खटिएका थिए ।

बिहीबार साँझ दुई वटा विस्फोट भएका थिए । एउटा विमानस्थलको गेट नजिक र अर्को विमानस्थल नजिकै रहेको ब्यारन होटलमा भएको जनाइएको छ ।

आत्मघाती विस्फोट भएको सुरक्षाकर्मीले जनाएका छन । यसमा आतंकवादी संगठन आईएसआईएसको खुरासनको संलग्नता रहेको अमेरिकी सुरक्षा निकायले जनाएका छन ।

विस्फोट भएको होटलमा बेलायती सैनिक बस्दै आएका थिए । विस्फोटमा धेरैजसो अफगान नागरिकको ज्यान गएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले उद्धार कार्य जारी रहने बताएका छन । विस्फोटले उद्धार कार्यमा कुनै असर नपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ८ : ३३ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल