१९ असार २०८३, शुक्रबार | July 3, 2026

महिलालाई शिक्षामा प्रतिबन्ध लगाउनु गलत भएको तालिबानी मन्त्रीद्धारा स्विकारोक्ति



काबुल । महिलामाथि सबै प्रकारका प्रतिबन्ध लगाउने तालिबानले आफ्नो गल्ती महसुस गरेको छ । अफगानिस्तानमा तालिबानद्वारा नियुक्त उप विदेशमन्त्री शेर मोहम्मद अब्बास स्टानिकजाइले तालिबानबाट मानिसहरू टाढा हुदैँ जानुको मुख्य कारण महिला शिक्षामा निरन्तर प्रतिबन्ध रहेको बताएका छन् ।

एक कार्यक्रममा बोल्दै उप परराष्ट्रमन्त्रीले कक्षा ६ देखि छात्राका लागि विद्यालय पुनः खोल्ने महत्वमा जोड दिँदै ज्ञानविना समाजमा उज्यालो हुन नसक्ने बताए ।

समाचार अनुसार तालिवानको सीमा तथा जनजातीय मामिला मन्त्रालयले शैक्षिक संस्थाहरूमा अध्ययनरत विद्यार्थीहरूको स्नातकको उपलक्ष्यमा समारोह आयोजना गरेको थियो। सो कार्यक्रममा स्टानिकजाईले शिक्षा सबैको अधिकार भएको बताए । ‘अल्लाह र पैगम्बरले दिएको यो प्राकृतिक अधिकार हो, यो अधिकार उनीहरूबाट कसैले कसरी खोस्न सक्छ ? यदि कसैले यो अधिकार हनन गर्छ भने त्यो अफगान र यहाँका जनतामाथिको अत्याचार हो,’ उनले  भने ।

उनले अगाडी भने, ‘शिक्षा संस्थाका ढोका सबैका लागि खोल्न पहल गरिनुपर्छ । छिमेकी र विश्वसँग आज हाम्रो एउटै समस्या शिक्षा हो । शिक्षाको समस्याले गर्दा मान्छेहरू हामीबाट टाढा सर्दैछन् र हामीसँग रिसाउँदै छन् भने त्यो शिक्षाकै कारण हो ।’

तालिबानद्वारा नियुक्त सीमा तथा जनजाति मामिलाका कार्यवाहक मन्त्री नुरुल्लाह नूरीले शिक्षाको पहुँच नभएका दुर्गम क्षेत्रमा बस्ने युवाहरूलाई विद्यालयमा भर्ना गरिएको बताए। उनले धार्मिक र आधुनिक शिक्षामा कुनै दुरी नरहेको पनि जोड दिएका छन् ।

उल्लेखनीय छ कि अफगानिस्तानमा तालिबान सत्तामा आएपछि महिलाहरूलाई माध्यमिक विद्यालय जान प्रतिबन्ध लगाइएको थियो, त्यसपछि उनीहरूका लागि विश्वविद्यालयका ढोकाहरू बन्द गरिएका थिए ।

तालिबानद्वारा नियुक्त कार्यवाहक शिक्षा मन्त्री हबिबुल्लाह आगाले हालै देशका धार्मिक विद्यालयहरूमा शिक्षाको खराब गुणस्तरको आलोचना गरेको पनि टोलो न्यूजले जनाएको छ ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ७ : १५ बजे

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पत्रकारसँग आन्तरिक राजस्व कार्यालयको कर अन्तरक्रिया

नेपालगन्ज । । आन्तरिक राजस्व कार्यालय नेपालगन्जले बाँकेका क्रियाशील पत्रकारहरुसँग

सरकारको सुरुआत सकारात्मक र जनहितकेन्द्रित छ : सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले जनअपेक्षा

सात विश्वविद्यालयमा उपकुलपति नियुक्त, सहकुलपतिसँग शपथ ग्रहण

काठमाडौँ । प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति वालेन्द्र शाहले त्रिभुवन विश्वविद्यालयसहित

ग्लोबल आइएमई बैंकको ‘एआई, एमएल ह्याकाथन’ कार्यक्रम सुरु

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडको आयोजनामा आर्टिफिसिएल इन्टेलिजेन्स ९एआई०