१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सिंह निवास चाक्सीवारीमा पौडेल पक्षका जिल्ला सभापति र नेताहरुबीच छलफल



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समुह निकट जिल्ला सभापतिहरुसँग छलफल गरेका छन् ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास ठमेल चाक्सिबारीमा शनिबार बिहान वरिष्ठ नेता पौडेल लगायतका नेताले जिल्ला सभापतिसँग छलफल गरेका हुन् ।

बैठकले आफूहरुले उठाएका विषयको सम्बोधन गर्न सभापति देउवा सकारात्मक भएको निस्कर्ष निकाल्दै अब सबै पाटीं पंक्तिलाई महाधिवेशनमा केन्द्रित गर्ने निर्णय गरेको छ ।

जिल्ला सभापतिहरुको माग पुरा गर्ने विषयमा छलफल केन्द्रित भएको एक नेताले बताएका छन् । यद्यपी, सभापति देउवाले माग पुरा गर्ने बताएपछि जिल्ला सभापतिहरुको रिले अनशन आजबाटै रोकिने भएको छ ।

गत बुधबारदेखि जिल्ला सभापतिहरू पार्टी कार्यालय सानेपामा रिले अनसन बसेका छन्। क्रियाशील सदस्यको नामावली प्रकाशित गर्ने विषयलाई लिएर उनीहरु रिले अनसनमा बसेका हुन् । उनीहरुले निर्वाचन निर्देशन संशोधन गर्नुपर्ने माग पनि राखेका छन्।

आजको छलफलमा नेताहरु प्रकाशनमान सिंह, मिनेन्द्र रिजाल, रामशरण महत, दिलेन्द्रप्रसाद बडुलगायत सहभागि भएका थिए । यस्तै, काठमाडौंका सभापति सबुज बानिँया, धादिङका सभापति रमेश धमला, नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसी लगायतका सभापतिहरु पनि सहभागि भएका थिए ।

यता, कांग्रेस केन्द्रीय कार्यालयले ४८ जिल्लाका क्रियाशील सदस्यको नाम पार्टी वेबसाइटमा प्रकाशित गरिसकेको जनाएको छ। भदौ १८ गते कांग्रेसले वडा अधिवेशन गर्दैछ ।

 

 

 

प्रकाशित मिति : १२ भदौ २०७८, शनिबार  ११ : ०२ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान