२४ माघ २०८२, शनिबार | February 7, 2026

सिंह निवास चाक्सीवारीमा पौडेल पक्षका जिल्ला सभापति र नेताहरुबीच छलफल



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समुह निकट जिल्ला सभापतिहरुसँग छलफल गरेका छन् ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास ठमेल चाक्सिबारीमा शनिबार बिहान वरिष्ठ नेता पौडेल लगायतका नेताले जिल्ला सभापतिसँग छलफल गरेका हुन् ।

बैठकले आफूहरुले उठाएका विषयको सम्बोधन गर्न सभापति देउवा सकारात्मक भएको निस्कर्ष निकाल्दै अब सबै पाटीं पंक्तिलाई महाधिवेशनमा केन्द्रित गर्ने निर्णय गरेको छ ।

जिल्ला सभापतिहरुको माग पुरा गर्ने विषयमा छलफल केन्द्रित भएको एक नेताले बताएका छन् । यद्यपी, सभापति देउवाले माग पुरा गर्ने बताएपछि जिल्ला सभापतिहरुको रिले अनशन आजबाटै रोकिने भएको छ ।

गत बुधबारदेखि जिल्ला सभापतिहरू पार्टी कार्यालय सानेपामा रिले अनसन बसेका छन्। क्रियाशील सदस्यको नामावली प्रकाशित गर्ने विषयलाई लिएर उनीहरु रिले अनसनमा बसेका हुन् । उनीहरुले निर्वाचन निर्देशन संशोधन गर्नुपर्ने माग पनि राखेका छन्।

आजको छलफलमा नेताहरु प्रकाशनमान सिंह, मिनेन्द्र रिजाल, रामशरण महत, दिलेन्द्रप्रसाद बडुलगायत सहभागि भएका थिए । यस्तै, काठमाडौंका सभापति सबुज बानिँया, धादिङका सभापति रमेश धमला, नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसी लगायतका सभापतिहरु पनि सहभागि भएका थिए ।

यता, कांग्रेस केन्द्रीय कार्यालयले ४८ जिल्लाका क्रियाशील सदस्यको नाम पार्टी वेबसाइटमा प्रकाशित गरिसकेको जनाएको छ। भदौ १८ गते कांग्रेसले वडा अधिवेशन गर्दैछ ।

 

 

 

प्रकाशित मिति : १२ भदौ २०७८, शनिबार  ११ : ०२ बजे

यो निर्वाचन व्यक्ति होइन, राष्ट्र जित्ने कि हार्ने भन्ने सवाल हो : पद्यमा अर्याल

बुटवल । नेकपा एमालेकी सचिव पद्यमा अर्यालले यस पटकको निर्वाचनमा

निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँ : गृहमन्त्री

त्रिशूली । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति सुदृढ

नयाँ दलको प्रभावले पाँचथरमा बदलिएको प्रतिस्पर्धा

पाँचथर । एक मात्रै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेको पाँचथरमा

प्रधानमन्त्री कार्कीद्वारा अभिनेता थापाको निधनमा शोक व्यक्त

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता

बाँकेमा निर्वाचन आचारसंहिता उल्लङ्घनका १६ घटना

नेपालगन्ज । निर्वाचनको मिति नजिकिएसँग बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा निर्वाचन