१७ बैशाख २०८१, सोमबार | April 29, 2024

फोहर नउठेपछि घरघरबाट वाग्मतीमा फालिँदै डङ्गुर



काठमाडौं । डेढ महिनादेखि काठमाडौँ उपत्यकाबाट फोहर उठ्न नसक्दा घरघरबाट वाग्मती नदीमा फोहरको थुप्रो फाल्न थालेको भेटिएको छ ।

वाग्मती सफाइ महाअभियानको ४३३औँ हप्तामा काठमाडौँ महानगरपालिका– ११ स्थित थापाथलीको शिवमन्दिर क्षेत्रमा सफाइका क्रममा यस्तो भेटिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं अभियानकर्मी डा. माला खरेलले बताइन् ।

करिब १५० जना अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट जम्मा भएको फोहर नदी किनारमै थुपार्नुपरेको अभियानकर्मीले जनाएका छन् । डेढ महिनाअघिदेखि नै राजधानीको फोहर नउठ्दा सफाइ गरेर फोहर नदी किनारमै थुपार्न बाध्य हुनुपरेको हो । आजको सफाइमा पनि खोलबाट फोहर टिपेर किनारमा राखिएको हो । पानीले फेरि फोहर नदीमै लैजाने चिन्ता रहेको अभियानकर्मी खरेलले बताइन ।

सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, ११ नं वडा अध्यक्ष हीरालाल तण्डुकार, ९ नं वडा सदस्य टेकराज अधिकारीलगायत अभियानकर्मीको सफाइमा सहभागिता थियो ।

थापाथली क्षेत्रको सफाइका क्रममा प्रसूति गृह पछाडिको सुकुम्बासी बस्तीको पनि अनुगमन गरिएको छ । सुकुम्बासी बस्तीका कारण पनि यस क्षेत्रको नदी फोहर बन्नेक्रम बढेको छ ।

विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको महाअभियान चाडपर्व, भूकम्प, नाकाबन्दी, कोरोना महामारीलगायत प्रतिकूल अवस्थामा जारी छ । वाग्मतीसँगै गुह्येश्वरीमाथिको वाग्मती खण्ड, रुद्रमती, विष्णुमतीका तल्लो र माथिल्लो खण्ड, मनोहरा, ललितपुरको गोदावरी खोला, चक्रपथको उत्तरी र पश्चिमी खण्डलगायत स्थानमा पनि सफाइ गरिएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ३ : ४१ बजे

१७ वर्षीय किशोरको मलामी बोकेको ट्याक्टरले किचेर ३ वर्षीय बालकको मृत्यु

खजुरा । बाँकेको खजुरामा माटोको ढिस्कोले पुरेर मृत्यु भएका एक

सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छ : सीइओ भट्ट

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु गरेको

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले