८ बैशाख २०८१, शनिबार | April 20, 2024

परिवर्तन (भाग-२)



खोलाले आफनो आकार आफै बनाए जस्तै गतिशील समयले पनि आफनो आकार लिन थाल्यो, बदाल्कोटमा । युवा जमातहरुले गाउँमा योजना अनुसार अभियान शुरु गरे । तीन महिने अनौपचारि शैक्षिक कक्षा चलाए,भूमिगत रुपमै,शान्तिपूर्वक । तत्पश्चात अज्ञात तरिकाबाट पोष्टर पर्चाहरुमा उल्लेखित बिषयहरु सुनाउदै बाँडे । अभियन्ताहरुबाट सुनेका गहिरा कुराहरुले गाउलेहरुको चिन्तनमा चेतनाको अंकुर पलाउन थाल्यो । त्यसको गतिलाई बढाउदै लैजादा यथार्थताको धरातल बुझन थाले,सबैले । त्यसले आकार लिदै गरेको थियो । उता कुटिल मुखियाको मुटु कम्पन भएर रौद्र रुप लिन थालेको अवस्थामा –विद्रोहीहरुको क्रान्तिको आगो दन्किन थाल्यो–

कथाकार

“जनतन्त्र जिन्दाबाद–निरङकुश तन्त्र मुर्दाबाद,
जनएकता अमर रहोस–स्वेच्छाचारी शासन र मुखिया रुपबहादुर शाही मुर्दाबाद ।
सामन्ती खम्बा ढाल्छौं,ढाल्छौं,जनतन्त्रको बिरुवा रोप्छौं रोप्छौं । ”

मुखिया रुपबहादुर शाहीको भरुवा बन्दुके भिजिलान्तेहरुसंग लाठीधारी विद्रोही जनसागरको भिडन्त शुरु भयो । यस क्रममा भिजिलान्तेको बन्दुकको छर्रा लागेर विद्रोही जनता तर्फ दश बाह्र जना घाइते भए भने भिजिलान्ते तर्फ पचास जना घाइते भएको मौकामा जनसागरले दरबार घेरेपछि मुखिया रुपबहादुर दरबारभित्रैबाट हात हल्लाउदै बाहिर निस्केर ल ल अब सम्झौता गरौं, के चाहन्छौ तिमीहरु ?म मान्न तयार छु । बन्द गर तिमीहरुका यी सबै हर्कतहरु ।

मुखिया राजाका बन्दुकधारी सैनिकहरुले बन्दुक भुईँमा राखेर हात खडा गरे । त्यसपछि बिद्रोही तर्फको फौजले आ आफना लाठी डाउन गरे ।

आन्दोलनको अग्रभागमा रहेका युगराज र सुषमाले भने–धन्यबाद । तै तपाईले बेलैमा हात खडा गर्नुभयो । अन्यथा धेरै जनक्षति हुने थियो । जो भए पनि घाटा हाम्रै गाउँलाई हुने थियो । अब पहिले तपाईका भिजिलान्तेहरुलाई बन्दुक भुईमा राखेर हात खडा गर्न लगाउनु होस । अनि हामी सबै बसेर सम्झौता गरौं ।”

सुषमाको बाबु बलविरे अगि सर्दै कुर्लियो– “ए रुपबहादुर शाही जी ! मलाई तपाईले तड्पाउनसम्म तड्पाउनु भयो,हुकुम मान्दामान्दै पनि । अब तपाई गाउँको राजाबाट नागरिक हुनुभयो । तपाईका रैति यहाँ कोही छैनन् । देशको नागरिकलाई रैति भनेर करको भारी बोककाएर मोजमस्ती लुट्नु भयो । तपाईहरुको जमाना हरायो । अब तपाई पनि देशको एक नागरिक,हामी पनि देशभक्त असली नागरिक । अब तपाईको जनता कोपर्ने दाह्रानङ्ग्रा भाँच्चिएर झुरुमझुरुम भैसक्यो । मनपरि गर्ने हुकुमको डण्डा पोलियो,क्रान्तिको ज्वालाले । तपाईको मुडे बल, विद्यार्थीहरुको कलमी बुद्धिबलदेखि हा¥यो । अब जनतादेखि हार स्वीकार गर्नुको तपाईसंग अरु विकल्प थिएन ।

बलबीरेको धम्कीपूर्ण अभिव्यक्तिपछि निर्लज्ज भएको रुपबहादुरले आफनो परिजितता यसरी घोषणा ग¥यो–“मैले मेरो पुर्खादेखि सम्हाल्दै आएको विरासद जनतालाई दिएँ,आजैका मितिदेखि ।”आदि ।

तै ऐन मौकामा आत्म समर्पण गर्नु भएकोमा पुनः धन्यबाद । अन्यथा जनक्रान्तिले स्वरुप बदल्न परेको खण्डमा हाम्रो क्षेत्रमा अनिष्ट हुन सक्थ्यो । जनतामा चेतना आएमा आफ्नो विनास हुन्छ भन्ने मात्र तपाईको शोषक एकांकी दिमागले सोचिरह्यो । तर समाज र राज्यको श्रोत भनेकै जनता हुन् । यिनलाई गरेको दमन, पण्डुराको बाकस जस्तै हो । कुकरमा राखेर आगो सल्काएको विष्फोटन हो । अरिङ्गालको गोलो जिस्काउनु जस्तै हो भन्ने कुरा तपाईले यसअघि बुझ्नु भएन पहिले ।

आजैदेखि तपाईको अलिखित,स्वघोषित मौखिक बिधानको अवसान भयो । तपाईको सामन्ती सत्ताको अवसान भयो । तर एउटा कुरा अझैं पनि बाँकीछ । त्यो के भने, तपाईहरु आफूलाई सच्याएर, संविधानमाथिबाट हैन, जनताले बनाएको संविधानभित्र छिरेर त्यसलाई उपयोग गर्नु होस । जनतालाई मित्र बनाएर चुनावमा भाग लिनु होस । त्यसो गर्नुभयो भने हामी जनताले बनाएको बिधानभित्र रहेर राजनीति मार्फत सत्ताको भ¥याङ उक्लिन पनि सक्नुहुन्छ ।”

युगराजको अभिव्यक्तिलाई उकेरा लाउदै सुषमा–“तपाईले आफ्नो राजमा सबैको मुखमा बुजो लाउनु भयो । मानवता के हो? मानव अधिकार वा नागरिक अधिकार केहो ? शासन केहो ?शासक के हो? भन्ने बुझ्नु भएन । शासकको अधिकार मात्र तपाईहरुले जबरजस्त उपभोग गर्नु भयो, पुस्तौदेखि । तर शासकको काम र कर्तव्यतिर तपाईहरुको ध्यानै गएन । वा चाहनु भएन । तर आउनुस, जनताको राजमा जनताले बनाएको संविधानमा विना भेदभाव स्वतन्त्रपूर्वक उन्मुक्तिको आकाशमुनी विचरण गर्न पाइन्छ, स्वच्छन्द नभएर । कसैलाई पनि भेदभाव हुदैन । पूर्वाग्रह हुदैन । समानुपातिक अधिकार हुन्छ, जनताको शासनमा,सबैको । जनताको राजमा यो गाउँको कायापलट कसरी हुन्छ, हेर्दै जानुस ।

०००
युगराजकै नेतृत्वमा पन्द्र जनाको गाउँको अन्तरिम संसद बन्यो । संसदबाटै सुष्माको नेतृत्वमा एउटा विधान समिति बन्यो । संसद मध्येबाट सर्वसहमतिद्वारा युगराजकै नेतृत्वमा पाँच जनाको कार्यकारी समिति बन्यो । जसमा युगराज अध्यक्ष, सुवर्ण सचिव, देबु र लीला सदस्य तथा कमल संसद सभामुख बने । त्यसपछि विधिवत कार्य सञ्चालनको लागि विधान बन्यो । विधानपछि त्यसैमा टेकेर कानून बन्यो, अधिवक्ता तथा सांसद तिलकबहादुरको नेतृत्वमा तीन सदस्यीय कानून समितिद्वारा । त्यस्तै सांसद दलबहादुर कामीको नेतृत्वमा कार्य व्यवस्थापन समिति र कुलबीरेको नेतृत्वमा आर्थिक समिति बनाए भने अर्का अधिवक्ता देवदत्तको नेतृत्वमा तीन सदस्यीय ग्राम अदालत निर्माण गरे । एउटा राज्य संचालनको लागि आवश्यक पर्ने अंगहरु व्यवस्थापिका,कार्यपालिका र न्यायपालिकाहरु बने । मानौं देशकै नमूना हुने खालको मिनी पार्लियामेन्टरी बन्यो । यी सबै निकाय वा संयन्त्रहरु अन्तरिम थिए, चुनावबाट स्थायी सरकार नआएसम्म ।

त्यसपछि नवनिर्मित विधानको अधिनमा रही ग्राम कार्यपालिकाले योजना बनायो । मस्यौदा ग¥यो, जनवादी सिद्धान्त अनुसार आवश्यक पर्ने कृषि कार्य प्रणाली, आर्थिक कार्य प्रणाली,भूमि व्यवस्थापन,औद्योगिक विकास,श्रमिक रोजगारी,सामाजिक विकास र जनसरोकारका अन्य आवश्यक बिषयहरु संसदबाट विस्तृत अध्ययन गरी प्रस्ताव पेश गर्ने गरी तत्कालिक प्रस्ताव तयार भयो । गाउँभरिको आर्थिक तथा भौतिक सम्पत्ति गाउँको भयो । गाउँको सम्पूर्ण विकास कार्यहरु पनि गाउँ कार्यपालिकाले गर्ने । त्यसलाई विधिवत सञ्चालन गर्ने जिम्मा संसदीय समितिको निर्णय अनुसार कार्यपालिकाले कार्यान्वयन गर्ने । गाउका सबै नागरिकको शिक्षा,स्वास्थ्य,गास,बास,कपास आदि जनावश्यकताहरुको पूर्ति कार्य गाउँ कार्यपालिका वा गाउँ सरकारले सुव्यवस्थित तरिकाबाट हेर्ने पद्धति बन्यो ।

त्यसपछि घरायसी पारिवारिक व्यवस्थापनको क्रममा पहिलेदेखि प्रेमिलो आत्मीय सुत्रवद्ध रहेका युगराज र सुषमाको वैवाहिक कार्य सम्पन्न गर्ने तर्खरमा सबैको ध्यान आकृष्ट भयो । पहिले कट्टर बिरोधी भए तापनि यस समय युगराजको बाबु सर्वजितले पनि सहमति जनाएपछि यस जोडीको बिना बाहुन सामान्य जनवादी विवाह भयो । उपस्थिति संख्या धेरै भए पनि तडक भडक र उच्छृङखता थिएन । क्रमानुगत अन्य योद्धाहरुको पनि विवाह भयो ।

क्रान्तिकारी युवाहरुले आफनो बदाल्कोट गाउँमा भिन्न सामुहिक कृषि प्रणालीको प्रारम्भ, सामाजिक विकास,शैक्षिक विकास,स्वास्थ्य विकास,यातायात विकासको योजनालाई कार्यान्वयन गर्ने सिलसिलामा आफनै श्रमदानबाट एक गाउँबाट अर्को गाउँ र मूल सडकमा जोड्ने सडक प्रारम्भिक चरणमा निर्माण गरे । त्यहाँ न जातीय भेदभाव रह्यो,न वर्गीय भेदभाव रह्यो,न अहंकार,कोही अगुवा र पिडछा,उच,नीच रहे,न तँ,म, तेरो,मेरो भन्ने रह्यो हामी र हाम्रो भन्ने कमरेड(साथी) स्वच्छ समाज भित्र सबै एकतावद्ध भए । हरेक कर्मशील हातहरु आ–आफ्नो जिम्मेवारी काममा क्रियाशील रहे ।

यसरी बदाल्कोट भन्ने एउटा पहाडी विकट गाउँमा बलेको दियो जिल्ला हुँदै राज्यसम्म पुग्यो ।

 

 

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ३ : ५४ बजे

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा

तिलोत्तमाको जानकीनगरमा डाँफे इलेक्ट्रोनिक्स हाउस

बुटवल । उपभोक्तालाई एउटै छानोमुनी सम्पूर्ण इलेक्ट्रोनिक्सका सामान उपलब्ध गराउने

नेपालले हङकङलाई दियो १४० रनको मध्यम लक्ष्य 

काठमाडौं । नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ ।

बुटवलको मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले मनायो रजत जयन्ती

बुटवल । बुटवल मिलनचोकमा रहेको बागेश्वरी कला तथा संगित एकेडेमीले

सुनकोसी मरिण डाइभर्सन : सुरुङ खन्न ११० मिटर बाँकी, १८ दिनपछि ‘ब्रेक थ्रु’

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको सुनकोसी मरिण डाइभर्सन