१६ चैत्र २०८०, शुक्रबार | March 29, 2024

बाल संगठन रुपन्देहीद्वारा चित्रकला, गीत तथा कविता बाचन प्रतियोगिता



बुटवल । नेपाल बाल संगठन रुपन्देहीले राष्ट्रिय बाल दिवसको अवसरमा चित्रकला, बाल गीत तथा कविता बाचन प्रतियोगिताआयोजना गर्ने भएको छ ।

हरेक वर्षको भदौं २९ गते मनाइने बाल दिवसलाई लक्षित गरि जिल्लाका विद्यालय तथा बालबालिकाहरुको सहभागितारहने गरि भाद्र १८ गते प्रतियोगिता आयोजना गर्ने भएको छ ।

बुटवलको बालमन्दिरमा आयोजना गरिने प्रतियोगितामा सहभागिताका लागि जिल्लाका सबै विद्यालयहरुलाई पत्राचार भइसकेको कार्यक्रम संयोजक अञ्जु श्रेष्ठले जानकारी दिइन ।

कक्षा एकदेखि ६ सम्म र कक्षा सातदेखि १० सम्मका विद्यार्थीहरुलाई दुई तहमा वर्गीकरण गरि आयोजना गरिने प्रतियोगिताको विजेतालाई नगद ८ हजार, उप विजेतालाई ५ हजार तथा तृतीय हुनेलाई ३ हजार पुरस्कार राशी राखिएको संस्थाकी कल्पना पाडे मगरले जानकारी गराइन् । सहभागिताका लागि २ हजार प्रवेश शुल्क राखिएको प्रतियोगिता सम्पन्न गर्न २ लाख बढी खर्च अनुमा गरिएको छ ।

वि.स. २०२१ सालमा स्थापना भएको बाल संगठनले अनाथ असाहय बालबालिकाहरुलाई निशुल्क रुपमा शिक्षा दिनुका साथै राहतका कार्यक्रमहरु समेत गर्दै आएको छ । बालबालिकाको अन्तर्निहित सुषुप्त प्रतिभालाई प्रस्फुटन गराई सुयोग्य र सक्ष्म नागरिक बनाउने उद्देश्यबाट प्रेरित भई संगठनले काम गरिरहेको संगठनका रुपन्देही अध्यक्ष साजन भण्डारीले बताए ।

प्रतियोगिता बारे जानकारी गराउन शनिबार बुटवलको बालमन्दिरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले संगठनका क्रियाकलापहरुमा थप सक्रिय बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरे । संगठनको वि.स. २०४९ सालमा निर्माण भएको विधानलाई नै टेकेर क्रियाकलापहरु सञ्चालन गर्दा केही असहज भएको गुनासो गर्दै उनले परिमार्जनको आवश्यकतामा जोड दिए ।

नेपालका ७७ वटै जिल्लामा रहेको यश संगठनले सरकारको मातहतमा रहे पनि आफ्नै कोष परिचालन गरि कार्यक्रमहरु गर्दै आएको छ । बुटवलमा रहेको बालमन्दीरमा हाल ३२ जना वेसहरा बालबालिकाहरुले अध्ययन गरिरहेका छन् ।

प्रकाशित मिति : १२ भाद्र २०७८, शनिबार  ८ : ३६ बजे

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु

सुर्खेत । कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने उद्देश्यले निर्माण कार्य

दुर्गा प्रसाईंको हतियारको इजाजतपत्र र नवीकरण बारे छानबिन गर्न समिति गठन

काठमाडौँ । गृहमन्त्रालयले  दुर्गा प्रसाईंको नाममा रहेको हतियारको इजाजतपत्र र

जलवायु परिवर्तनको सबैभन्दा बढी असर जलस्रोतमा परेको छ : मन्त्री बस्नेत

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको

सुनको मूल्यले बनायो अहिले सम्मकै नयाँ रेकर्ड

काठमाडौं । नेपाली बजारमा सुनको भाउले शुक्रबार अहिले सम्मकै नयाँ रेकर्ड

चीनको ‘जीडीआई’बाट नेपालले पनि लाभ लिनसक्छ : एमाले उपाध्यक्ष पौडेल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले