७ आश्विन २०८३, बुधबार | September 23, 2026

एमालेको डेढवर्षको बहस र विवाद ‘अर्थ न बर्थ गोविन्द गाई’ – एमाले नेता सुरेन्द्र पाण्डे



बुटवल । नेकपा एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले देशका लागि योग्य नेता बन्न जेल बसेको अनुभव होईन समृद्दीको एजेण्डा हुनु पर्ने बताएका छन् ।

बुटवलमा स्टडी सर्कल लुम्विनीले आयोजना गरेको खुल्ला बहस कार्यक्रममा बोल्दै स्थायी कमिटी सदस्य पाण्डेले अवको नेतृत्व समृद्दीको एजेण्डा बोकेको हुनु पर्ने बताए । उनले देश बनाउन जेल बसेको, त्याग गरेको, भुमिगत भएको भन्दापनि तेस्रो पुस्ताको एजेण्डा समृद्दी बन्न सकेमात्र देशले सहि अर्थमा नेता पाउने बताए । पार्टीको संरचना पनि अवका दिनमा त्यही अनुरुप हुनु पर्ने पाण्डेको भनाई छ ।

पार्टी कार्यकर्ताहरुको उर्जा, जोश र जाँगर विगत डेढ वर्ष पार्टी विवादमै खेर गएको उल्लेख गर्दै उनले अवको पार्टी तेस्रो पुस्ताको पार्टी बन्नु पर्ने बताए । उनले पार्टीमा डेढ वर्ष चलेको बहस र विवादलाई ‘अर्थ न वर्थ गोबिन्द गाई’को संज्ञा दिए । अवका दिनमा नेता बन्न योग्य बन्न जेल जानु आवश्यक नरहेको उनले बताए । ‘राजनीतिक घटना क्रमले अवका पुस्ताले जेलको सर्टिफिकेट बनाउनु पर्दैन ।’ उनले भने, -‘जेल जानकैलागि कसैलाई कुट्नु पर्दैन ।’

पार्टीमा योगदान हुँदैमा देशको नेतृत्व गर्न नसक्ने बताउँदै उनले देशलाई समृद्द बनाउन योग्यता आवश्यक रहेको उल्लेख गरे । पार्टीले विरोध गर्ने कार्यकर्तामात्र जन्माईरहेको जिकिर गर्दै नेता पाण्डेले अव पार्टीले योग्यता भएको जनप्रतिनिधि जन्माउन सक्नु पर्ने बताए । पार्टीको मुल समस्या नै पार्टीको होईन नेताको पछि लाग्ने प्रबृत्ति भएको उनले बताए ।

सहभागीकाे प्रश्नकाे उत्तर दिँदै नेता पाण्डेले अमेरिकासँग एमसीसी सहयाेग नलिएर देश शासन चलाउन नसकिने बताए । एमसीसीलाई राष्ट्रिय हितमा संशाेधन गरेर कार्यान्वयन गर्नु पर्ने एमालेकाे धारणा रहेकाे उनले बताए ।

स्टडी सर्कल लुम्विनीका सदस्य बसन्तराज खनालको अध्यक्षता सदस्य देवराज पोखरेलको स्वागतमा सूरु भएको कार्यक्रम पत्रकार दिनेश पाण्डेले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : १२ भदौ २०७८, शनिबार  १० : ३८ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११