५ पुस २०८२, शनिबार | December 20, 2025

एमालेको डेढवर्षको बहस र विवाद ‘अर्थ न बर्थ गोविन्द गाई’ – एमाले नेता सुरेन्द्र पाण्डे



बुटवल । नेकपा एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले देशका लागि योग्य नेता बन्न जेल बसेको अनुभव होईन समृद्दीको एजेण्डा हुनु पर्ने बताएका छन् ।

बुटवलमा स्टडी सर्कल लुम्विनीले आयोजना गरेको खुल्ला बहस कार्यक्रममा बोल्दै स्थायी कमिटी सदस्य पाण्डेले अवको नेतृत्व समृद्दीको एजेण्डा बोकेको हुनु पर्ने बताए । उनले देश बनाउन जेल बसेको, त्याग गरेको, भुमिगत भएको भन्दापनि तेस्रो पुस्ताको एजेण्डा समृद्दी बन्न सकेमात्र देशले सहि अर्थमा नेता पाउने बताए । पार्टीको संरचना पनि अवका दिनमा त्यही अनुरुप हुनु पर्ने पाण्डेको भनाई छ ।

पार्टी कार्यकर्ताहरुको उर्जा, जोश र जाँगर विगत डेढ वर्ष पार्टी विवादमै खेर गएको उल्लेख गर्दै उनले अवको पार्टी तेस्रो पुस्ताको पार्टी बन्नु पर्ने बताए । उनले पार्टीमा डेढ वर्ष चलेको बहस र विवादलाई ‘अर्थ न वर्थ गोबिन्द गाई’को संज्ञा दिए । अवका दिनमा नेता बन्न योग्य बन्न जेल जानु आवश्यक नरहेको उनले बताए । ‘राजनीतिक घटना क्रमले अवका पुस्ताले जेलको सर्टिफिकेट बनाउनु पर्दैन ।’ उनले भने, -‘जेल जानकैलागि कसैलाई कुट्नु पर्दैन ।’

पार्टीमा योगदान हुँदैमा देशको नेतृत्व गर्न नसक्ने बताउँदै उनले देशलाई समृद्द बनाउन योग्यता आवश्यक रहेको उल्लेख गरे । पार्टीले विरोध गर्ने कार्यकर्तामात्र जन्माईरहेको जिकिर गर्दै नेता पाण्डेले अव पार्टीले योग्यता भएको जनप्रतिनिधि जन्माउन सक्नु पर्ने बताए । पार्टीको मुल समस्या नै पार्टीको होईन नेताको पछि लाग्ने प्रबृत्ति भएको उनले बताए ।

सहभागीकाे प्रश्नकाे उत्तर दिँदै नेता पाण्डेले अमेरिकासँग एमसीसी सहयाेग नलिएर देश शासन चलाउन नसकिने बताए । एमसीसीलाई राष्ट्रिय हितमा संशाेधन गरेर कार्यान्वयन गर्नु पर्ने एमालेकाे धारणा रहेकाे उनले बताए ।

स्टडी सर्कल लुम्विनीका सदस्य बसन्तराज खनालको अध्यक्षता सदस्य देवराज पोखरेलको स्वागतमा सूरु भएको कार्यक्रम पत्रकार दिनेश पाण्डेले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : १२ भदौ २०७८, शनिबार  १० : ३८ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता