२० असार २०८३, शनिबार | July 4, 2026

लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या १३ पुग्यो, यसै हप्ता मन्त्रिपरिषदले पूर्णता पाउने



बुटवल । चारदलिय गठबन्धनबाट बनेको लुम्बिनी प्रदेश सरकारले सबै दलका मन्त्रीका आकाक्षीलाई भाग पु¥याउने उद्देश्यका साथ साविक मन्त्रालयहरु टुक्राउने निर्णय गरेको छ । पूर्व मुख्यमन्त्री शंकर पाेखरेलले आफ्नो मुख्यमन्त्रीकाे कार्यकालको अन्तिम समयमा सत्ता जोगाउन शुरु गरेको मन्त्रालय टुक्राउने सृङ्खलालाई नयाँ मुख्यमन्त्री कुल प्रसाद केसी सोनामले पनि पछ्याएका छन् । मुख्यमन्त्री केसीको प्रस्तावमा आज बसेको मन्त्रिपरिषदको बैठकले ४ मन्त्रालय थप गरी मन्त्रालयको संख्या १३ मा पुर्‍याउने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषदको बैठकले मन्त्रालयको संख्या १३ बनाउने निर्णय गरेको सरकारका प्रवक्ता कृष्णध्वज खड्काले बताए। मन्त्रालयको संख्या बढाउन प्रदेश सरकारले विभिन्न मन्त्रालयलाई विभाजन गरेको प्रवक्ता खड्काले जानकारी दिए।

लुम्बिनीमा अब मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आर्थिक मामिला तथा सहकारी मन्त्रालय, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, उर्जा, जलश्रोत तथा सिचाइ मन्त्रालय, कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय रहने छन्।

त्यसैगरि कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय, शिक्षा, विज्ञान, युवा तथा खेलकुद मन्त्रालय, श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण मन्त्रालय रहने छन्।

प्रवक्ता खड्काले मन्त्रालय विभाजन लगत्तै यही हप्ताभित्र मन्त्रिमण्डल विस्तार गर्ने तयारी भएको समेत बताए। जसपाका तीनै जना मन्त्री भएका छन्। लुम्बिनीमा १३ मन्त्री र २ राज्यमन्त्री गरी १५ सदस्यीय मन्त्रीमण्डल बनाउने मुख्यमन्त्रीले गृहकार्य थालेका छन् ।

प्रकाशित मिति : १३ भदौ २०७८, आइतबार  ९ : ५३ बजे

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी

यस्तो छ सरकारको सय दिने उपलब्धि (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनमा झण्डै दुई

सरकारका सय दिनका उपलब्धि सार्वजनिक : मन्त्रालय घटाउँदा २० अर्ब बचत

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने

कांग्रेसको निस्कर्ष – १०० दिनमा सरकार असफल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको

सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : मन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार