६ पुस २०८२, आइतबार | December 21, 2025

ओलीको गुटवाद, अहंकारवाद र व्यक्तिवाद विरुद्ध विद्रोह गरेका हौं : झलनाथ खनाल



काठमाडौं । नवगठित नेकपा (एकीकृत समाजवादी)का वरिष्ठ नेता झलनाथ खनालले केपी ओलीको व्यक्तिवाद, अहंकारवाद र गुटवाद विरुद्ध नेकपा एमालेबाट आफूहरुले विद्रोह गर्नु परेको बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहनु भएका वरिष्ठ नेता खनालले केपी ओलीको व्यक्तिवाद, अहंकारवाद र गुटवादले एमाले विसर्जनवादको खतरातिर जान थालेपछि आफूहरुले बिद्रोह गरेर नयाँ पार्टी बनाउनु परेको बताए ।

आफ्नो स्वास्थ्य उपचार गराएर सोमबार भारतबाट स्वदेश फर्किएका नेता खनालले ओलीको व्यक्तिवाद, अहंकारवाद र गुटवादलाई पार्टी भित्र परास्त गर्न गरिएको प्रयास पनि सफल नभएपछि बिद्रोह गरिएको दाबी गरे । उनले त्यो बिद्रोह नव निर्माणको निम्ति भएको पनि जिकिर गरे ।

वरिष्ठ नेता खनालले पार्टीलाई एकतावद्ध बनाएर लैजान पनि सिंगो पार्टी पंक्तिलाई आह्वान गरे । उनले निजी स्वार्थलाई लिएर पार्टीमा नआउन पनि आग्रह गरे । खनालले भन्नु भयो, ‘यो विद्रोह हो । विद्रोह सृजनाको निम्ति हो । विद्रोह उज्ज्वल भविष्यको निम्ति हो । त्यो प्राप्त गर्नका लागि एकतावद्ध भएर अगाडि बढन म सबैलाई आह्वान गर्दछु ।’

वरिष्ठ नेता खनालले आफूले पार्टीमा कार्यकारी पोष्टको दावी नगर्ने पनि स्पष्ट पारे । पार्टीभित्र कार्यकारी पोष्टको दावी गर्ने विचार आफूले नगरेको उल्लेख गर्दै उनले ७० वर्ष नाघेका पार्टीका अन्य नेताहरुलाई पनि त्यसै गर्न आग्रह समेत गरे । खनालले भने, ‘म ७० वर्ष पुगिसकेका हुनाले मैले अव कुनै कार्यकारी पोष्टको दावी गर्ने विचार गरेको छैन । तर पनि पार्टीले मलाई के दिन्छ, के गर भन्छ, त्यसका लागि चाँही मैले ठाउँ राखेको छु । तर म मेरो आफ्नो तर्फबाट भने मैले कार्यकारी पोष्ट माग्ने कुनै नैतिक अधिकार छैन । किनभने पार्टीको नवौ महाधिवेशनमा ७० वर्षको मापदण्ड राख्ने मुख्य नेता म नै हुँ ।’

वरिष्ठ नेता खनालले आफू बाचुन्जेल देश, राष्ट्र, राष्ट्रियता र क्रान्तिकारी कुम्यनिष्ट पार्टीको निर्माण र विस्तारमा समर्पित गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

वरिष्ठ नेता खनाललाई स्वागत गर्न नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेताहरु मुकुन्द न्यौपाने, बेदुराम भुसाल, राजेन्द्र पाण्डेलगायत बिमानस्थलमा पुगेका थिए ।

प्रकाशित मिति : १४ भदौ २०७८, सोमबार  ७ : ०४ बजे

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम