१२ कार्तिक २०८३, बिहिबार | October 29, 2026

महाधिवेशनमा धमाधम उम्मेदवारी घोषणा



काठमाडौं । आगामी मंसिरको दोस्रो साता हुन लागेको सत्तासीन दल नेपाली कांग्रेस र प्रमुख विपक्षी नेकपा एमालेको चुनावी सरगर्मी बढ्न थालेको छ ।

महाधिवेशन घोषणा भएपछि नेताहरूले पनि धमाधम उम्मेदवारी घोषणा गर्न थालेका छन् । नेपाली कांग्रेसका तर्फबाट सभापतिमा हालका उपसभापति विमलेन्द्र निधिले उम्मेदवारी घोषणा गरिसकेका छन् । सोमबार मात्र यसअघि महामन्त्रीमा पराजित गगन थापाले पनि महामन्त्रीमै उम्मेदवारी घोषणा गरेका छन् ।

संस्थापन तर्फबाट सभापति शेरबहादुर देउवा नै उम्मेदवार बन्ने करिबकरिब निश्चित छ । संस्थापनइतरबाट पनि साझा उम्मेदवारको खोजी भइरहेको छ । यद्यपि, उपयुक्त पात्रबारे सहमति जुटिसकेको छैन । संस्थापन इतरबाट वरिष्ठ नेता, रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, प्रकाशमान सिंह, शेखर कोइरालालगायतले दाबी गरिरहेका छन् ।

उता, एमाले महाधिवेशनका लागि भने महासचिव ईश्वर पोखरेलले अध्यक्ष उठ्ने घोषणा गरेका छन् । आगामी मंसिरमा हुन गइरहेको नेकपा (एमालें) को महाधिवेशनमा महासचिव ईश्वर पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

महाधिवेशनमा हालका अध्यक्ष ओलीलाई कसैले पनि चुनौती नदिने विश्लेषण भइरहेका बेला महासचिव पोखरेल अघि बढेका हुन् । यद्यपि, उनी यो विषयमा कहिलेसम्म अडिग हुन्छन्, निश्चित छैन ।

वसुन्धरामा सोमबार पत्रकारसँग कुराकानी गर्दै महासचिव पोखरेलले उमेदवारी दिने घोषणा गरेका हुन् । ‘अबको नेतृत्वमा मैले कुनै पनि पदीय रूपमा जिम्मेवारी लिन सक्छु भन्ने कुरो मैले अहिलेसम्म गरेको कामले देखिएको छ । परिस्थिति आए र कार्यकर्ताले पनि साथ दिए म ‘डिजर्ब’ गर्न सक्छु,’ उनले भने ।

कार्यकर्ताको भावना र आवश्यकताका साथै परिस्थिति हेरेर आफू अघि बढ्ने उनको भनाइ छ । एमालेले मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ ।

नेपालको राजनीति अहिले दुईवटा पोलमा केन्द्रित भएर अघि बढेको उनको भनाइ छ । केपी शर्मा ओलीले एउटा पोलको नेतृत्व गरेको र अर्को त्यसविरुद्ध बनेको गठबन्धन भएको उनको भनाइ थियो । गठबन्धन टालाटुली बटुली भएको आरोप लगाउन उनले ओलीका शब्द सापटी लिएका थिए । आजको राजधानी दैनिकमा विस्तृत समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १५ भदौ २०७८, मंगलबार  ६ : ४० बजे

नागरिक सेवामा समर्पित भएर काम गर्न प्रहरी महानिरीक्षक कार्कीको निर्देशन

काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकको गुनासो उचित रूपमा

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौँ । राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावलाई मध्यनजर गर्दै हवाई सुरक्षा सतर्कता जारी

काठमाडौंँ । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले शक्तिशाली चक्रवाती आँधी ‘अर्नब’

एनपिएल : सुदूरपश्चिम रोयल्सको जित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल)अन्तर्गत आज भएको खेलमा सुदूरपश्चिम

स्थानीय तहको निर्वाचनलाई गैरदलीय बनाउन उज्यालो नेपालको ध्यानाकर्षण

काठमाडौँ । उज्यालो नेपाल पार्टीले आगामी स्थानीय तहको निर्वाचन गैरदलीय