२४ माघ २०८२, शनिबार | February 7, 2026

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बस्दै, आजै मन्त्रालयको भागबन्डा



काठमाडाैं । सत्तारुढ गठबन्धनले मन्त्रिपरिषद् विस्तारका लागि अन्तिम कसरत थालेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको करिब दुई महिना पुग्न लाग्दा पनि मन्त्रिपरिषद्ले पूर्णता नपाउँदा तीव्र आलोचना भइरहेका बेला गठबन्धनका शीर्ष नेताहरूको बैठक बस्न लागेको हो ।

माओवादी केन्द्रका नेता गणेश साहका अनुसार मंगलबार बिहान ९ बजे शीर्ष नेताको बैठक बस्दैछ । मन्त्रालय बाँडफाँटको टुंगो पनि आजै लाग्ने उनले बताए ।

‘माधव नेपाल र जसपाको कानुनी र प्राविधिक प्रक्रिया सकिएको छ । आज बाँडफाँडसहित आन्तरिक रुपमा मन्त्री टुंगिएर मन्त्रिपरिषद विस्तार हुन्छ,’ उनले भने ।

एमाले विभाजन पश्चात नेपालले नेकपा एकीकृत समाजवादी पार्टी गठन गरेका छन् । ‘माधवजीलाई अफ्ठेरो अवस्था छ । यसमा साथ सहयोगमा अरु पार्टीले लचकता देखाउनुपर्छ । माओवादी केन्द्रले लचकता देखाएर सहयोग गर्छ,’ उनले भने, ‘यो हाम्रो नैतिक जिम्मेवारी हो । सहकार्यको वातावरण बनाउँदैछौं । उहाँलाई अफ्ठेरो परेको सहयोग गर्छौं ।’

सोमबार माओवादी केन्द्रको बैठक बसेको थियाे । बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारको तयारीबारे जानकारी गराएका थिए ।

प्रकाशित मिति : १५ भदौ २०७८, मंगलबार  ७ : ४७ बजे

इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

काठमाडौं । सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ

कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्‍याउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश

क्यामेरा देखेर भाग्ने उम्मेदवार, प्रश्न सुनेर तर्सिने राजनीति

बुटवल । शनिबार बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरले ढाकिएको रुपन्देहीको

टी-२० विश्वकप : शेफर्डको पाँच विकेट, हेटमायरको विस्फोटक अर्धशतकसँगै वेस्ट इण्डिजको जित

काठमाडौं । आईसीसी टी-२० विश्वकपअन्तर्गत दोस्रो खेलमा वेस्ट इण्डिजले स्कटल्याण्डलाई