६ पुस २०८२, आइतबार | December 21, 2025

मन्त्रालय भागवण्डा मिलाउन सत्तारुढ गठबन्धन छलफलमा



काठमाडौं । सत्तारुढ पाँच दलका शीर्ष नेताको बैठक आज पनि बसेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहानदेखि बसेको बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा नै छलफल भएको छ । बैठकमा गठबन्धनका दलहरुबीच मन्त्रालय बाँडफाँट गर्ने विषयमा छलफल भैरहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव बैठकमा सहभागी छन् । गठबन्धनका शीर्ष नेताको बैठकबाट मन्त्रालय बाँडफाँट गर्ने विषयमा यसअघि नै सहमति भएको थियो ।

पाँच दलमा रहेको राष्ट्रिय जनमोर्चाले सरकारमा सहभागी नहुने निर्णय गरिसकेको छ । बाँकी चार दलले कति मन्त्राललय पाउने र कुन कुन मन्त्रालय पाउने भन्ने विषयमा अहिलेसम्म सहमति हुन सकेको छैन । शीर्ष नेताहरुले भागवण्डामा सहमति गरेपछि मात्र दलहरुले आआफ्नो पार्टीबाट मन्त्री बनाउने नेताको नाम टुंग्याउनेछन् ।

असार २९ गते नियुक्त भएका प्रधानमन्त्री देउवाले ५० दिन वितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्दा चारैतिरबाट आलोचना सुरु भएको छ ।

 

 

प्रकाशित मिति : १५ भदौ २०७८, मंगलबार  ११ : ३६ बजे

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या