२० असार २०८३, शनिबार | July 4, 2026

नेतृत्व चयन गर्न वाईसीएल असफल, केन्द्रीय समिति मात्र घोषणा गर्दै राष्ट्रिय भेला सकिँदै



काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिष्ट लिग वाईसीएलले नेतृत्व चयन गर्न असफल भएको छ ।

राजधानीमा तीन दिनदेखि जारी भर्चुअल राष्ट्रिय भेलामार्फत वाईसीएलले नयाँ नेतृत्व चयन गर्नुपर्ने थियो ।

सम्मेलनमा सहभागी युवाले नेतृत्व छान्न नसकेपछि पार्टी केन्द्रले हस्तक्षेप गरेको थियो । तर, माओवादी नेतृत्वले समेत संगठनको नेतृत्व चयन गर्न नसक्दा बाँकी पदाधिकारी र केन्द्रीय समिति पनि चयन हुन सकेको छैन । जसका कारण बन्द सत्र लम्बिएको छ ।

वाईसीएलको नयाँ अध्यक्षमा हालका उपाध्यक्ष सुमन देवकोटा, महासचिव सुवोध शेर्पाली र यशोदा न्यौपाने प्रतिस्पर्धामा रहेका छन् । यी मध्ये एक जनालाई छान्न नसकेपछि माओवादी केन्द्रको स्थायी समिति बैठकले नेतृत्व छान्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो ।

नेतृत्व चयन हुननसकेपछि वाईसीएलको सम्मेलन केन्द्रीय समिति चयन गरेर मात्र सकिने भएको छ । अब केन्द्रीय समिति मात्रै घोषणा हुने बताइएको छ । अध्यक्ष प्रचण्डसँग भेट गरेका युवा प्रतिनिधिहरुलाई उनले केन्द्रीय समति मात्रै घोषणा गरेर सम्मेलन सक्न निर्देशन दिएका छन् । वाईसीएलको केन्द्रीय समिति २३१ सदस्यीय बन्दैछ ।

वाईसीएलका हालका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखा ४० वर्षे उमेरहदका कारण विदा हुँदैछन् । पार्टीका केन्द्रीय सदस्य समेत रहेका उनलाई फ्रयाक्सन इन्चार्ज बनाइएको छ ।

प्रकाशित मिति : १५ भदौ २०७८, मंगलबार  १ : ३२ बजे

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी

यस्तो छ सरकारको सय दिने उपलब्धि (पूर्णपाठ)

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचनमा झण्डै दुई

सरकारका सय दिनका उपलब्धि सार्वजनिक : मन्त्रालय घटाउँदा २० अर्ब बचत

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने

कांग्रेसको निस्कर्ष – १०० दिनमा सरकार असफल

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको

सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : मन्त्री गौतम

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार