२१ बैशाख २०८३, सोमबार | May 4, 2026

’वाईसीएल माओवादीको मात्रै नभइ देशकै युवा शक्ति हो’



बुटवल । वाइसीएल नेपाल बुटवल उपमहानगरपालिका समितिको आयोजनामा युवा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा माओबादी केन्द्रको भातृ संगठन वाइसीएल नेपालले आयोजना गरेको कार्यक्रममा बोल्ने बक्ताहरुले माओवादी प्रती पछिल्लो समय जनलहर बढेको दाबी गरेका थिए ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र रुपन्देही जिल्ला अध्यक्ष निर्मल जिसिले माओवादी प्रती आम जनताको नजर सकारात्मक रहदै आएको बताए । उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तराइ मधेश जनजागरण सहितको पदयात्राले पार्टीप्रती आकर्षण बढिरहेको दाबी गरे ।

वाईसीएल नेपालका केन्द्रिय सचिव माधव बस्नेतले वाईसीएल माओवादीको मात्रै नभइ देशकै युवा शक्ति रहेको दाबी गरे । उनले वाईसिएल बिचमा केही समय आराम गरेपनी अहिले सकृय बनेको बताए ।

माओवादी केन्द लुम्बिनी प्रदेस कमिटी सदस्य तथा पूर्व प्रदेस सभा सदस्य दिपा बिकले वाईसीएल माओवादीको शक्ति रहेको बताउदै युवाहरुलाई राजनीति प्रती टिकाईराख्न आवश्यक रहेको बताइन् । वाईसीएल नेपाल बुटवल नगर कमिटी अध्यक्ष श्रीजन थापाले बाईसिएल माओबादीको योद्धा रहेको बताउँदै सामाजिक क्रियाशिलताका कार्यहरु गर्दै अगाडि बढ्ने उल्लेख गरे ।

कार्यक्रममा माओवादी केन्द्रका बुटवल उप महानगर पालिका इन्चार्ज पुस्पराज ढकाल (श्रितीज), माओवादी केन्द्रका बुटवल उप महानगर नगर अध्यक्ष महेन्द्र भुसाल, वाईसीएल रुपन्देही सचिव प्रकाश थापा, वरिष्ठ उपाध्यक्ष रबि खड्का, नवनियुक्त सचिव लक्ष्मण बञ्जाडे लगायतले बोलेका थिए । सो अवसरमा बिभिन्न कारणले रिक्त भएको वाईसिएलका कार्यसमिति मनोनित समेत गरिएको थियो ।

प्रकाशित मिति : १४ बैशाख २०८२, आइतबार  ७ : २१ बजे

नेपाल रेडक्रसद्वारा युवा र महिलालाई नेतृत्वदायी भूमिकामा ल्याउन प्रोत्साहन

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले पालिकादेखि केन्द्रसम्मको निर्वाचनमा नेतृत्वदायी भूमिकामा

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज

ललितपुर । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

गृहसचिवद्वारा सशस्त्र प्रहरीका महानिरीक्षक पौडेललाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं । गृह सचिव राजकुमार श्रेष्ठले सशस्त्र प्रहरी बल नेपालका

भूमिहीनलाई घरबारविहीन नबनाइने : प्रधानमन्त्री शाह

काठमाडौं । बालेन्द्र शाह ले काठमाडौं उपत्यकाका नदीकिनार र सरकारी

उपल्लो मुस्ताङमा देखिए जङ्गली गधा

मुस्ताङ । नेपाल-चीन उत्तरी सीमाक्षेत्रअन्तर्गत उपल्लो मुस्ताङको लोमान्थाङ-१ ढालुङ र