८ असार २०८३, सोमबार | June 23, 2026

तिलोत्तमा वाईसीएललाई चुनावी प्रशिक्षण



बुटवल । योङ्ग कम्युनिस्ट लिग (वाईसीएल), नेपाल तिलोत्तमाका सदस्यहरुलाई मातृसंस्था नेकपा माओवादी केन्द्रले चुनावी प्रशिक्षण दिएको छ । वाइसीएल कार्यकर्ताहरुलाई चुनाव केन्द्रीत राजनितिक वैचारिक प्रशिक्षण दिइएको माओवादी केन्द्रले जनाउको छ ।

प्रशिक्षण कार्यक्रममा नेकपा माओबादी केन्द्रका केन्द्रिय स्थायी कमिटी सदस्य तथा रुपन्देही इन्चार्ज हकिउल्ला खानले राजनीतिक बैचारिक प्रशिक्षण दिएका थिए । सो अवसरमा बोल्दै इन्चार्ज खानले युवाहरु राजनीतिको मुलधारमा आउनुपर्ने बताए । देशमा राजनितिक, सामाजिक परिवर्तन भए पनि आम नागरिकको जिवनस्तर उकास्न नसकिएको भन्दै अब युवाहरु यसमा लाग्नुपर्न बताए । जनयुद्धबाट सिँहदरबारमा केन्द्रीकृत शक्तिलाई जनतासम्म पुग्ने अवस्था बनाएको उनले दाबी गरे ।

समाजमा सामाजिक, आर्थिक रुपान्तरण गर्ने र उत्पिडन हल गर्ने एकमात्र उपाय माक्र्सवाद भएको भन्दै उनले माक्र्सबाद केवल एउटा पुस्तककी ज्ञान नभई वैज्ञानिक र ब्यहारिक समयसापेक्ष परिवर्तनशिल हुनुपर्ने बताए । नया क्रान्तिले समाजबादमा जाने बाटो खोल्ने भन्दै खानले जनबादी क्रान्तीले राष्ट्रिय पुजि निर्माण गरि देश समृद्ध हुने दाबी गरे ।

कार्यक्रममा पार्टीका नगर ईन्चार्ज धन बहादुर गुरुङ, वाईसिएलका केन्द्रीय सचिव माधव बस्नेत, जिल्ला संयोजक केशव कुवरले प्रशिक्षण दिदै निर्वाचन लक्षित गरि एकतावद्ध भएर लाग्नुपर्ने सुझाव दिए । कार्यक्रममा नगर अध्यक्ष सुरज ज्ञवाली, पार्टी नगर अध्यक्ष बेलप्रसाद शर्मा, नगर युवा विभाग प्रमुख गोबिन्द रेग्मी, युवा विभाग ईन्चार्ज प्रेम जिएम, नगर ईन्चाज रामु साहनी लगायतले पार्टीमा युवालाई स्थान दिनसकेमात्र देश र पार्टीको सुधार हुने दाबी गरे ।

 

प्रकाशित मिति : १८ भदौ २०७९, शनिबार  १० : ३६ बजे

बाँकेमा आयुर्वेद उपचारप्रति आर्कषण बढ्दै

नेपालगन्ज । बाँकेको खजुरामा चालू आर्थिक बर्षमा २२ हजार बढी

एमाले उपाध्यक्ष पौडेललाई आज नेपालगन्जमा राखिने

नेपालगन्ज । कर्णाली प्रदेशको सुर्खेतबाट पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष

राहदानी विभागका महानिर्देशकसहित १६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी छपाइसम्बन्धी कार्यमा भ्रष्टाचार

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद

रास्वपाको बन्दसत्र आजका लागि स्थगित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन अन्तर्गत सोमबारका