३१ श्रावण २०८३, आइतबार | August 17, 2026

नेपालविरुद्ध भारत : नेपाली रेफ्रीले खेल संचालन गर्ने



काठमाडौं । नेपाल र भारतबीच तय भएको दुई मैत्रीपूर्ण खेलको संचालन नेपाली रेफ्रीले गर्ने भएका छन् । नेपाल र भारतबीच बिहिबार पहिलो खेल र आगामी आइतबार दोस्रो मैत्रीपूर्ण खेल हुने कार्यक्रम छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले फिफाको निर्देशन अनुसार नेपालका ‘फिफा रेफ्री’ लाई खेल संचालन गर्न दिने निर्णय गरेको हो ।

‘फिफाको निर्देशन अनुसारनै हामीले आफ्नै रेफ्रीलाई खेल संचालन गराउन लागेको हौं, ‘ एन्फा स्रोतले भन्यो ।

सोही अनुसार एन्फाले नेपालमा रहेका फिफा रेफ्रीलाई परीक्षणसमेत गरेको थियो । एन्फाले आफू अन्तर्गत रहेको रेफ्री संघलाई निर्देशन दिएसँगै नवनियुक्त रेफ्री डाइरेक्टर गौतम कौरले ८ रेफ्रीको टेस्ट लिएका हुन् । भारतीय पूर्वरेफ्री समेत रहेका गौतमको आगमन सँगै नेपाली रेफ्रीले पहिलो खेल संचालन गर्न लागेका हुन् ।

एन्फाले मंगलबार अपरान्ह दशरथ रंगशालामा ४ सेन्टर रेफ्री तथा ४ सहायक रेफ्रीको परीक्षण गरेको हो । जहाँ सहभागी ८ रेफ्री नै सफल रहे । हाल नेपालमा १० पुरुष तथा दुई महिला गरी १२ फिफा रेफ्रीको कोटा छ ।

यस पटक रेफ्रीमा नविन्द्र महर्जन, कविन व्यन्जनकार, प्रज्वल क्षेत्री र प्रकाश नाथ श्रेष्ठ रहने छन् । यस्तै सहायक रेफ्रीमा माधव खत्री, सहदेव श्रेष्ठ, विक्रम चौधरी र किशन यादव रहने छन् ।

यसअघि मार्चमा भएको थ्रि नेसन्स कपमा सहायक रेफ्रीको भूमिका निर्वाह गरेका नानी राम थापा र युनाल मल्ल भने मैत्रीपूर्ण खेल बाहिर रहे । रेफ्री र सहायक रेफ्रीसँगै फोर्थ अफिसियल, रेफ्री एसेसर, म्याच कमिस्नरसमेत दुई मैत्रीपूर्ण खेलमा नेपालकै पदाधिकारी रहने छन्।

नेपाल र भारत दुबैले आगामी अक्टोबर १ देखि १६ सम्म माल्दिभ्सको मालेमा हुने साफ च्याम्पियनसिपको तयारी स्वरुप मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् । नेपाल र भारतबीच हालसम्म १९ खेल आयोजना भएको छ । जसमा भारतले १३ खेल आफ्नो पक्षमा पार्दा ४ खेल बराबर भएको छ । यस्तै नेपालको पक्षमा २ खेल मात्रै रहेको छ ।

प्रकाशित मिति : १६ भदौ २०७८, बुधबार  ७ : ३४ बजे

यो पार्टी पुनर्गठनको समय होइन, यो त जनतामा पुनर्जागरण गराउने बेला हो : ओली

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यतिखेर पार्टी

आफै ग्यास बेच्ने निर्णयबाट पछि हट्यो निगम, सोमबारदेखि बिक्रेताबाट ग्यास बिक्री गरिने

काठमाडौँ । नेपाल आयल निगमले भदौ १ गते सोमबारदेखि सम्बन्धित

दोरम्बा हत्याकाण्डका सहिदको सपना अझै अधुुरो : नारायणकाजी श्रेष्ठ

रामेछाप । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले दोरम्बा

भाइरल ज्वरोपछि पूर्वाधारमन्त्री लम्साललाई सेनाको स्काई ट्रकबाट काठमाडौं ल्याइयो

काठमाडौं । सुदूरपश्चिमको पूर्वाधार अवस्थाको निरीक्षण तथा जनताका समस्या बुझ्न

बागलुङमा विपद् : आठ घरमा क्षति, ४० उच्च जोखिममा

बागलुङ । बागलुङ जिल्लाको पश्चिममा पर्ने निसीखोला गाउँपालिकामा विपद्का कारण