७ श्रावण २०८३, बिहिबार | July 23, 2026

अब यसरी तिर्न सकिन्छ मोबाइलबाटै ट्राफिक जरिवाना



काठमाडौं । ट्राफिक नियम उल्लंघनकर्ताले अब बैंकमा गएर जरिवानाबापतको रकम तिर्नुपर्ने समस्या हट्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालकले क्यूआर कोडबाटै जरिवाना भुक्तानी गर्न पाउने व्यवस्था गरेकाले यो समस्या हट्न लागेको हो ।

महाशाखाले आज बिहीबारदेखि औपचारिक रूपमा यो कार्यक्रमको थालनी गर्ने भएको छ । ट्राफिक प्रहरीले यसका लागि क्यूआर कोडबाट पनि भुक्तानी गर्न मिल्नेगरी सफ्टवेयर विकाससमेत गरेको छ ।

डिउटीमा खटिएका ट्राफिक प्रहरीले अब सवारी नियम उल्लंघन गर्ने चालकलाई क्यूआर कोड भएको चिट दिनेछ । त्यसपछि नियम उल्लंघनकर्ताले सोही क्यूआर कोडमार्फत मोबाइलबाटै भुक्तानी गर्न सक्नेछन् ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक सञ्जीव शर्मा दासले यो नयाँ व्यवस्थाले जरिमाना तिर्न बैंकमै जानुपर्ने बाध्यता अन्त्य भएको बताए । उनले सवारी नियम उल्लंघन गरेका चालकले अब क्यूआर कोडमार्फत सरकारी राजस्व खातामा रकम जम्मा गर्न सक्ने जानकारी दिए ।

उनले भने, ‘जरिमाना ठाउँको ठाउँ मोबाइलबाटै भुक्तानी गर्न सकिनेछ ।’ क्यूआर कोडलाई क्विक रेस्पोन्स कोड भनेर पनि बुझ्न सकिन्छ । यो सेतो र कालो पिक्स प्याटर्नको सानो क्रसवर्ड पजलजस्तो देखिन्छ । क्यूआर कोडमा ब्रान्ड तथा कम्पनीको कोड हुन्छ, जसलाई तत्काल स्क्यान गरेर ठूलो डेटा क्षमता, बैंकको खाता नम्बर भएको प्रविधिले पहिचान गर्न सक्छ ।

पछिल्लो समयमा स्मार्टफोनमै क्यूआर कोड स्क्यानरको सुविधा उपलब्ध हुन थालेको छ । यसले यो प्रविधिको प्रयोग सजिलो र सुविधाजनक भएको छ । यस्तै, ट्राफिक प्रहरीले तीव्र गतिमा सवारी साधन चलाउनेविरुद्ध रातको समयमा पनि कारबाही सुरु गरेको छ ।

रातको समयमा तीव्र गतिमा सवारीसाधन सञ्चालन गर्दा दुर्घटना बढ्न सक्ने भन्दै महाशाखाले ‘नाइट भिजन लेजर स्पिड गन’को प्रयोग गरी जाँच अभियान थालेको हो । महाशाखाका अनुसार कोटेश्वर-सूर्यविनायक सडक तथा चक्रपथ क्षेत्र र चौडा भएका सडकमा सो अभियान थालिएको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनक भट्टराईले पछिल्लो समयमा चौडा सडकखण्डमा बढी दुर्घटना हुने गरेको देखिएकाले लेजर गनको प्रयोग गरी गति नियन्त्रण अभियान सुरु गरेको जानकारी दिए ।

त्यसो त ट्राफिक प्रहरीले लामो समयदेखि दिउँसोको समयमा तीव्र गतिमा सवारी चलाउने ३५र४० जना चालकलाई लेजर गनमार्फत कारबाही गर्दै आएको छ । सो अभियान प्रभावकारी भएपछि रातको समयमा पनि सुरु गरिएको हो । भट्टराई नाइट भिजन लेजर स्पिड गनको प्रयोगले तीव्र गति नियन्त्रणका साथै रातको समयमा हुने दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास लिए । आजको राजधानी दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १७ भदौ २०७८, बिहिबार  ७ : ०६ बजे

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै