१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

जुम्लाका जनप्रतिनिधि बालविवाह न्यूनीकरणमा उदासिन



जुम्ला । जुम्लाका जनप्रतिनिधि बालविवाह न्यूनीकरणमा उदासिन छन् । कानुनत: २० वर्ष नपुगी बिवाह गर्न पाइँदैन । तर, जुम्लामा किशोरावस्थामै पनि बिवाह हुने गरेको छ ।

जनस्वस्थ्य सेवा कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ मा आठ सय ६० किशोरीले गर्भजाँच गराएका छन् । गत वर्षमा एक सय ८० ले निकै कमतौलका बच्चा जन्माएका थिए ।

जिल्लामा सबैभन्दा बढी चन्दननाथ नगरपालिकामा एक सय ९० र सबैभन्दा कम तातोपानी गाउँपालिकामा ६६ किशोरीले गर्भ जाँच गराएको देखिन्छ ।

स्थानीय सरकारले बालविवाह अन्त्यका लागि तदारुकता देखाउन जरुरी रहेको अधिवक्ता अनिता तिमिल्सेनाले बताइन् । ‘बालविवाह कानुनी रुपमा गैरकानुनी हो भनेर अभिभावकलाई पनि सचेत गराउनु पर्छ, यो भूमिका स्थानीय तहले निभाउन सक्छन्,’ उनले भनिन् ।

बालविवाहविरुद्ध सडक नाटकदेखि घरदैलो कार्यक्रम हुने गरे पनि प्रभावकारी हुन नसकेको सरोकारवालाले बताएका छन् । आत्मसम्मानका लागि सहकार्य क्याड नेपालले पनि प्लान नेपालको आर्थिक सहयोगमा जुम्लाको सिक्षा क्षेत्रका तीन पालिकामा बालविवाह न्यूनीकरण निम्ति कार्यक्रम गरिरहेको छ ।

क्याड परियोजना अधिकृत जयलक्ष्मी चौलागाईंले सरकारले बालविवाह न्यूनीकरण निम्ति कडा कानुन बनाए पनि व्यवहारमा लागू हुन नसकेको बताइन् ।

प्रकाशित मिति : १७ भदौ २०७८, बिहिबार  १० : ०४ बजे

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से