६ पुस २०८२, आइतबार | December 21, 2025

जुम्लाका जनप्रतिनिधि बालविवाह न्यूनीकरणमा उदासिन



जुम्ला । जुम्लाका जनप्रतिनिधि बालविवाह न्यूनीकरणमा उदासिन छन् । कानुनत: २० वर्ष नपुगी बिवाह गर्न पाइँदैन । तर, जुम्लामा किशोरावस्थामै पनि बिवाह हुने गरेको छ ।

जनस्वस्थ्य सेवा कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ मा आठ सय ६० किशोरीले गर्भजाँच गराएका छन् । गत वर्षमा एक सय ८० ले निकै कमतौलका बच्चा जन्माएका थिए ।

जिल्लामा सबैभन्दा बढी चन्दननाथ नगरपालिकामा एक सय ९० र सबैभन्दा कम तातोपानी गाउँपालिकामा ६६ किशोरीले गर्भ जाँच गराएको देखिन्छ ।

स्थानीय सरकारले बालविवाह अन्त्यका लागि तदारुकता देखाउन जरुरी रहेको अधिवक्ता अनिता तिमिल्सेनाले बताइन् । ‘बालविवाह कानुनी रुपमा गैरकानुनी हो भनेर अभिभावकलाई पनि सचेत गराउनु पर्छ, यो भूमिका स्थानीय तहले निभाउन सक्छन्,’ उनले भनिन् ।

बालविवाहविरुद्ध सडक नाटकदेखि घरदैलो कार्यक्रम हुने गरे पनि प्रभावकारी हुन नसकेको सरोकारवालाले बताएका छन् । आत्मसम्मानका लागि सहकार्य क्याड नेपालले पनि प्लान नेपालको आर्थिक सहयोगमा जुम्लाको सिक्षा क्षेत्रका तीन पालिकामा बालविवाह न्यूनीकरण निम्ति कार्यक्रम गरिरहेको छ ।

क्याड परियोजना अधिकृत जयलक्ष्मी चौलागाईंले सरकारले बालविवाह न्यूनीकरण निम्ति कडा कानुन बनाए पनि व्यवहारमा लागू हुन नसकेको बताइन् ।

प्रकाशित मिति : १७ भदौ २०७८, बिहिबार  १० : ०४ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ