६ पुस २०८२, आइतबार | December 21, 2025

महाधिवेशनमा सभापतिको साझा उम्मेदवार उठाउने कांग्रेस पौडेल पक्षको प्रतिवद्धता



काठमाडौं । नेपाली कांग्रेसको आगामी महाधिवेशनमा रामचन्द्र पौडेले पक्षले सभापतिको साझा उम्मेदवार खडा गर्ने जनाएको छ ।

काठमाडौंमा आज पत्रकार सम्मेलन गर्दै पौडेल पक्षले सभापतिमा साझा उम्मेदवार खोज्ने प्रतिवद्धता जनाएको हो ।

भोलिदेखि सुरु हुन लागेको वडा अधिवेशनको अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा पौडेल पक्ष निकट सभापतिका आकांक्षी नेताहरु उपस्थित भएका थिए । उनीहरुले संयुक्त पत्रकार सम्मेलन गर्दै आफूहरुको तर्फबाट सभापतिमा एउटा मात्रै उम्मेदवार हुने बताए ।

वरिष्ठ नेता पौडेलले भने, ‘हामी एउटै सभापतिको उम्मेदवार दिएर अगाडि बढ्छौं। देशभरिका साथीहरुलाई यसकुरामा आश्वस्त पार्न चाहन्छौं।’ ‘१४औं महाधिवेशनको अन्तिम अवस्थासम्म एकता कायम रहने अपिल गर्छौं,’ उनले भने, ‘सबैको सल्लाहले एउटा सभापतिको उम्मेदवार दिन्छौं।’

पौडेल समुहमा महामन्त्री सशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, नेता शेखर कोइराला रहेका छन् । पौडेलसहित सबै नेताहरु सभापतिका आकांक्षी हुन् ।

 

प्रकाशित मिति : १७ भदौ २०७८, बिहिबार  ४ : १६ बजे

विराटनगरमा नोबेल अस्पतालको पाँचौं तलाबाट खस्दा इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक जना

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा