१६ चैत्र २०८२, सोमबार | March 30, 2026

साझा यातायातले विद्युतीय बस ल्याउँदै



काठमाडौं । सरकारी पक्षबाटै भएका विभिन्न व्यवधानको सामना गर्दै साझा यातायातले सार्वजनिक विद्युतीय बस भित्र्याउने प्रक्रिया अघि बढाएको छ ।

नेपाल सरकारको पनि सेयर स्वामित्व रहेको साझा यातायातले काठमाडौं उपत्यकाभित्र सञ्चालन गर्ने उद्देश्यले विद्युतीय बस खरिद गर्न लागेको हो ।

साझाले यसअघि नै विद्युतीय बस खरिद गर्न प्रक्रिया अघि बढाएको थियो । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेको बेला सरकारले साझामा बस खरिदका लागि किनेको सेयरको रकम रोक्का गरेपछि बस खरिद प्रक्रिया प्रभावित बनेको थियो । पुनः सरकारले रकम फुकुवा गरेर बस खरिदका लागि बाटो खोलिदिएपछि साझाले टेन्डर प्रक्रियासमेत सम्पन्न गरेको छ ।

पेट्रोलको सट्टा विद्युत्का आधारमा बस सञ्चालन हुने भएपछि ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतीय बस खरिद लगायतका विषयमा चासो देखाएकी छन् । पुल्चोकस्थित साझा यातायातको कार्यालयमा बिहीबार पुगेर उनले विद्युतीय बस सञ्चालन र त्यसका लागि आवश्यक पर्ने पूर्वाधार विषयमा जानकारी लिएकी छन् ।

सो अवसरमा साझा यातायात सञ्चालक समितिका अध्यक्ष कणकमणि दीक्षितले साझाले अगाडि बढाएका कार्यक्रम तथा योजनाबारे जानकारी गराउँदै सन् २०२५ सम्ममा अहिलेका पेट्रोल डिजेलबाट चल्ने बसलाई विस्थापित गर्नेगरी काम गरिरहेको बताएका छन् । उनले जनस्वास्थ्य, सार्वजनिक यातायात र आर्थिक हिसाबले पनि विद्युतीय बस सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिएका छन् ।

उनले टेन्डर आह्वान गरेर बस खरिदको प्रक्रिया अगाडि बढेको बताउँदै अध्यक्ष दीक्षितले पहिलो चरणमा चार महिनापछि तीनवटा विद्युतीय बस आइपुग्ने जानकारी गराएका छन् ।

मन्त्री भुसालले चार्जिङ स्टेसनका लागि आवश्यक पर्ने स्थानको उपयुक्त विकल्प खोज्न पहल गर्ने बताएकी छन् । उनले पहिलो चरणमा ललितपुर र काठमाडौं महानगरमा विद्युतीय बस सञ्चालन गर्न लागिएको भए पनि आगामी दिनमा देशका सबै नगरपालिकामा विद्युतीय बस सञ्चालन गर्नुपर्नेमा जोड दिएकी छन् । मन्त्री भुसालले विद्युतीय बस सञ्चालनका लागि आवश्यक पर्ने संरचना निर्माणका लागि पहल लिन साझा यातायातलाई आग्रहसमेत गरिन् ।

ऊर्जामन्त्री भुसालले विद्युतीय सवारीसाधन सञ्चालनबाट स्वदेशी कच्चा पदार्थको प्रयोग भई आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउँदै डलरमा खरिद गरिएको एलपी ग्यास र पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सबै प्रविधिलाई विस्थापन गर्नुपर्नेमा जोड दिएकी छन् । उच्च व्यापारघाटा कम गर्न पनि विद्युत् खपतलाई बढवा दिनुपर्ने उनको भनाइ छ ।

ऊर्जा सचिव देवेन्द्र कार्कीले विद्युतीय बस सञ्चालनमा सरकारका तर्फबाट सहयोग हुने बताउँदै आगामीमा दिनमा उपयुक्त तवरले संरचना खडा गरेर अगाडि बढ्न सबै निकायले पहल गर्नुपर्ने बताएका छन् ।

त्यसैगरी, सञ्चालक समितिका सदस्य भुषण तुलाधरले विद्युतीय बसको खरिद प्रक्रिया र लगतबारे जानकारी गराएका छन् । उनका अनुसार करबाहेक एउटा बस खरिदका लागि १ करोड ५ लाख पर्नेछ । कर, चार्जर र पाँच वर्षको मर्मत खर्चसहित प्रतिबस १ करोड ५२ लाख लाग्नेछ । यो लागत रकम साझाको प्रारम्भिक अनुमानभन्दा २७ प्रतिशतले कमी हो ।

पहिलो चरणमा ६१ करोडको लागतमा ४० वटा बस खरिद गर्न लागिएको छ । साझाले आह्वान गरेको बोलपत्रमा नौवटा चिनियाँ कम्पनी सहभागी भएका थिए । त्यसमध्ये सीएचटीसी किनवेन (नान्जिङ) अटोमोबाइल कम्पनी छनोट भएर बस खरिद प्रक्रिया अगाडि बढेको हो ।

तुलाधरका अनुसार अबको चार महिनामा तीनवटा बस नेपाल आएर परीक्षण सुरु हुनेछ । सम्झौताअनुसार एकपटक ब्याट्री चार्ज गर्दा २ सय किलोमिटर गुड्छ । बसमा १ सय ६१ किलोवाट पर आवरको ब्याट्री जडान गरिनेछ । जुन चार घण्टामा चार्ज हुनेछ ।

पछिल्लो समय सरकारले साझाको ३ अर्बको सेयर लगानी गरेको छ । सो रकम साझाको खातामा आइसकेको छ । हाल साझाले ७१ वटा ठूला बस सञ्चालन गर्दै आएको छ । आजको राजधानी दैनिकमा टेनिस रोकाले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : १८ भदौ २०७८, शुक्रबार  ७ : २४ बजे

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

लुम्बिनी । मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण

‘पुराना ऐन खारेज गर्ने र नीतिगत सुधारको प्रतिबद्धता स्वागतयोग्य’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले असान्दर्भिक तथा धेरै

पोखराको लेकसाइडका आठ स्पा सञ्चालक पक्राउ

गण्डकी । जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडमा सञ्चालित स्पा

लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मा मध्यराति पक्राउ

काठमाडौं । लुम्बिनी प्रदेशसभाकी सदस्य रेखा शर्मालाई प्रहरीले पक्राउ गरेको

एक दर्जन हाराहारी सार्वजनिक निकाय खारेज र केही पुनःसंरचना सिफारिस

काठमाडौँ । सरकारले सार्वजनिक गरेको ‘सुशासन मार्गचित्र, २०८२’ ले प्रशासन