११ बैशाख २०८१, मंगलबार | April 23, 2024

फिल्म छायांकनका लागि नेपाल आउँदै अमिताभ बच्चन



काठमाडौं । नेपालमा बेलाबेला हलिउड-बलिउड फिल्मकाे छायांकन भइरहेकाे हुन्छ । पछिल्लो समय नेपालमा छायांकन भएको हलिउड फिल्म ‘एभरेष्ट’ हो ।

त्यसअघि बलिउड फिल्म ‘बेबी’ र हलिउड फिल्म ‘डाक्टर स्ट्रेन्ज’लाई नेपालसँग कथा जोडेर छायांकन गरिएको थियाे । नेपालमा ‘वेब सिरिज’को छायांकन हुने क्रम पनि बढ्दो छ ।

यसैबीच नेपालमा फिल्म छायांकन गर्न बलिउड अभिनेता अमिताभ बच्चन आउने भएका छन् । भारतीय मिडियामा उल्लेख भए अनुसार उनी ‘उचाईँ’ फिल्मको छायांकनका लागि नेपाल आउन लागेका हुन् । पारिवारिक कथा बनाउन माहिर मानिने सुरज बडजात्याले याे फिल्मकाे निर्देशन गर्ने छन् ।

मित्रताको कथामा आधारित रहेर निर्माण हुने भनिएको फिल्ममा अमिताभसंगै अनुपम खेर , बोमन इरानी, नीना गुप्ता, पंकज त्रिपाठी लगायतको अभिनय रहनेछ । राजश्रीको व्यानरमा निर्माण हुने फिल्मका लागि अमिताभले नेपालमा ४० देखि ४५ दिन बिताउनेछन् । कोरोना भाइरसले सिर्जित अवस्थाको कारण नेपालमा फिल्मनगरी तंग्रिने तयारीमा रहेको अवस्थामा बलिउडको सुपर स्टार अमिताभ छायांकनका लागि आउन लागेका हुन् ।

प्रकाशित मिति : १८ भाद्र २०७८, शुक्रबार  ८ : ०९ बजे

सांस्कृतिक र पर्यटन उपभोग प्रवर्द्धन गर्न चीनको पहल सुरु

गुआङझोउ । चीनमा सांस्कृति तथा पर्यटन मन्त्रालयले सांस्कृति तथा पर्यटन

६ नेपाली महिला क्रिकेट खेलाडी मलेसिया प्रस्थान

काठमाडौं । मलेसियाको सुपर वुमेन्स कप खेल्ने ६ नेपाली राष्ट्रिय

प्रधानमन्त्रीसँग रुसको चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्रीका प्रतिनिधिमण्डलको भेट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग रुसको चेम्बर्स अफ

लोकतन्त्र दिवसको सान्दर्भिकता

काठमाडौं । आज १८ औँ लोकतन्त्र दिवस । तत्कालीन राजा

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौं

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको