२२ भदौ २०८३, सोमबार | September 7, 2026

कर्णाली प्रदेश सरकारलाई एक करोडको स्वास्थ्य सामग्री सहयोग



भैरहवा । भैरहवास्थित प्रतिमान-नीमा स्मृति प्रतिष्ठानले कर्णाली प्रदेश सरकारलाई एककरोड बराबरको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

बिहीबार एक कार्यक्रमकाबीच प्रतिष्ठानले कर्णालीका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई उक्त स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

प्रतिष्ठानकी कार्यकारी निर्देशक स्वाती थापाले आइसोलेशन गाउन, इमेरजेन्सी रिलिफ बेड, पीपीई सेट, मास्क, डिजिटल थर्मामिटर, ग्लोब्स लगायतका स्वास्थ्य सामग्री मुख्यमन्त्री शाहीलाई हस्तान्तरण गरेकी हुन् ।

अमेरिकास्थित प्रोजेक्ट होपको सहयोगमा हस्तान्तरण गरिएको स्वास्थ्य सामग्री ग्रहण गर्दै मुख्यमन्त्री शाहीले विषम परिस्थितिमा प्रदेश सरकारलाई सहयोग गरेकोमा प्रतिष्ठानलाई धन्यवाद दिए ।

प्रतिष्ठानकी कार्यकारी निर्देशक थापाले कोरोना महामारीको दोस्रो लहरमा संक्रमण न्यूनीकरण गर्न र तेस्रो लहरमा संक्रमणबाट बच्न सहयोग पुगोस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको बताइन् ।

यस अघि गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारलाई स्वास्थ्य सामग्री प्रदान गरिएको प्रतिष्ठानका निर्देशक धर्म बहादुर के.सी.ले जानकारी दिए ।

प्रकाशित मिति : १८ भदौ २०७८, शुक्रबार  ७ : ५६ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार