१२ श्रावण २०८१, शनिबार | July 27, 2024

लुम्बिनी प्रदेश सरकारलाई प्रतिमान-निमा प्रतिष्ठानद्धारा २ करोडको स्वास्थ्य सामग्री हस्तान्तरण



बुटवल । प्रतिमान-निमा मेमोरोरियल प्रतिष्ठानले लुम्बिनी प्रदेश सरकारलाई करिब २ करोड बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।

एक समारोहका बिच प्रतिष्ठानका उपाध्यक्ष तथा पुर्वमन्त्री दिपक बोहराले स्वस्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयमा भएको कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीलाई सहयोग सामग्री हस्तान्तरण गरेका हुन ।

कार्यक्रममा मुख्यमन्त्री केसीले प्रदेश सरकारको प्राथमिकताका रुपमा खोप भएको बताए । प्रदेश सरकारले मुटुको भल्भ फेर्न, क्यान्सर रोगीलाई उपचार मा २-२ लाख सहयोग गर्ने निर्णय समेत गरेको उनले बताए। प्रदेशमै विशेषज्ञ अस्पतालबाट सेवा दिनसक्ने गरि काम अघि बढाएको उनले बताए ।

अमेरिकास्थित होप ईन्टरनेश्नल परियोजना र प्रतिष्ठानको सहकार्यमा पिपिई, मास्क, फेस सिल्ड, डिजिटल थर्मामिटर, आईसोलेसन गाउन, ईमेरजेन्सी रिलिफ लगायत ११ प्रकारका सामग्रीहरु हस्तान्तरण गरिएको कार्यकारी निर्देशक स्वाति थापाले बताइन । प्रतिमान बोहरा र निमा बोहरा राजनितिक ब्यक्तित्वहरुको नामबाट सामाजिक कार्यमा सबै लागेको बताए ।

यसअघि २ महिना पहिले प्रदेश सरकारमार्फत साढे २ करोड बढि रकम बराबर स्वस्थ्य सामग्री हस्तान्तरण गरिएको उनले बताईन। सरकारी अस्पताललाई लक्षित गरि वितरण गरिएको सामग्री उपयोगी भएको उनले बताईन । राप्रपाका केन्द्रीय सम्पादन समिति सदस्य तथा लुम्बिनी प्रदेशका अध्यक्ष प्रदिप उदयले राजनितीक दलहरु समाजसेवामा समेत अग्रसर रहनुपर्ने भन्दै आफुहरु निरन्तर सेवामा रहेको बताए ।

कार्यक्रममा स्वस्थ्य मन्त्रालयका सचिव डा विकास देवकोटा, शिक्षा तथा युवा खेलकुद मन्त्रालयका सचिव महादेव पन्त, स्वस्थ्य निर्देशनालयका डा. बिनोद गिरि, राप्रपा रुपन्देही जिल्लाका अध्यक्ष प्रताप राणाले शुभकामना दिएका थिए ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ६ : २९ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान