१५ चैत्र २०८२, आइतबार | March 29, 2026

छ करोड लगानीमा गैंडाकोटमा किसान मार्ट सञ्चालनमा



गैंडाकोट । गैंडाकोटमा रु छ करोडभन्दा बढी लगानीमा किसान उपभोक्ता सहकारी संस्था लिमिटेडले ‘किसान मार्ट’ सञ्चालनमा ल्याएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गैँडाकोट–४ स्थित गैँडाकोट एग्रो मार्ट परिसरभित्र सो मार्टको उद्घाटन गरेका छन् ।

किसान बचत तथा ऋण सहकारी संस्था लिमिटेडले प्रवद्र्धन गरेको किसान मार्ट किसान उपभोक्ता सहकारी संस्था लिमिटेडले सञ्चालन गर्ने संस्थाका अध्यक्ष तिलकप्रसाद पराजुलीले बताए। ७५ हजारभन्दा बढी सदस्य रहेको सहकारीका ५०० शेयर सदस्यको लगानीमा किसान मार्ट सञ्चालन भएको पराजुलीको भनाइ छ ।

विशेषगरी गैंडाकोट नगरपालिका– १, २, ३ र ४ तथा अन्य वडाकासमेत नगरवासीको सुविधालाई ध्यानमा राखी किसान मार्ट सञ्चालन गरिएको पराजुलीले बताए। मार्टमा स्थानीयले दैनिक उपभोग्य वस्तु सहजरुपमा प्राप्त गर्न सक्नेछन् ।

आगामी दशैँ, तिहारसम्म किसान उपभोक्ता सहकारी संस्था लिमिटेडले गैंडाकोट नगरपालिकाभित्रका थप तीन स्थानमा मार्ट सञ्चालनको तयारी गरेको छ । दुई महिनाभित्र सहकारीले गैँडाकोटको वडानं ८, १० र १२ मा मार्ट सञ्चालन गर्ने गरी काम थालेको किसान उपभोक्ता सहकारी संस्थाका अध्यक्ष पराजुलीले बताए ।

किसान उपभोक्ता सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको किसान मार्टले स्थानीयले उत्पादन गरेको वस्तु तथा सेवाको प्रवद्र्धन गर्ने मुख्य लक्ष्य लिएको छ । किसान मार्टको प्रवद्र्धक संस्था किसान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रीहरि चालिसेले स्थानीयले उत्पादन गरेका वस्तु तथा सेवा किसान मार्टमार्फत बिक्रीवितरण गर्ने योजना रहेको जानकारी दिए ।

महिला उद्यमीले उत्पादन गरेका वस्तु तथा सेवाको बजारीकरण र अर्गानिक खाद्य वस्तुको प्याकेजिङ गर्ने योजनासमेत रहेको चालिसेको भनाइ छ । किसानले उत्पादन गरेका वस्तुु तथा सेवाको सहजरुपमा बजारीकरण र सहुलियत दरमा उपभोक्तालाई बिक्रीवितरण गर्नु नै मार्टको लक्ष्य रहेको अध्यक्ष चालिसेले बताए ।

स्थानीय उत्पादन अदुवा बेसार, दाल, चामल, धान, मकैलगायत खाद्यान्न सामग्रीलाई प्याकेजिङ गरी गुणस्तर कायम हुने गरी मार्टमार्फत उपलब्ध गराइने उनको भनाइ छ । आगामी दुई वर्षभित्र किसान ब्राण्डको शुद्ध खाने तेल उत्पादन गरी उपभोक्तामाझ लैजानेसमेत योजना रहेको अध्यक्ष चालिसेले जानकारी दिए । किसान मार्टमा हाल ११ जनाले प्रत्यक्षरुपमा रोजगारीको अवसर पाएका छन् ।

कम मुनाफा र सेवा भावले सञ्चालन गरिएको किसान मार्टलाई राष्ट्रियस्तरमा लैजाने गरी सञ्चालन गरिएको बताइएको छ । तीनखम्बे अर्थनीतिको महत्वपूर्ण पाटोका रुपमा सहकारी संस्था रहेको भन्दै गैँडाकोटका नगरप्रमुख छत्रराज पौडेलले ‘एक सहकारी एक उत्पादन’ मा जोडदिनुपर्ने बताए । सहकारी उत्पादनमा केन्द्रित हुनुपर्ने भन्दै पौडेलले उत्पादनमैत्री लगानी हुनुनपर्ने आवश्यकता देखाए ।

गैंडाकोट नगरपालिकाबाट जिल्ला, प्रदेश हुँदै राष्ट्रियस्तरमा स्थानीय उत्पादन पु¥याउने किसान मार्टको तयारी छ । यहाँको उत्पादन प्रवद्र्धनमा स्थानीय तथा प्रदेश सरकारले समन्वय गर्नुपर्नेमा किसान उपभोक्ता सहकारी संस्थाका अध्यक्ष पराजुलीको भनाइ छ ।

प्रकाशित मिति : १९ भदौ २०७८, शनिबार  ३ : १७ बजे

ओली पक्राउको विरोधमा एमालेको प्रदर्शन, सीडीओलाई बुझाए ज्ञापनपत्र

काठमाडौँ । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको

जलेको अवस्थामा नेपालगन्जमा फेला परेकी युवती सृजना बुढा मगर

नेपालगन्ज । बाँकेको नेपालगन्जमा मध्यराती जलेको अवस्थामा सडकमा मृत फेला

ओली र लेखकलाई १० दिन हिरासतमा राखेर अनुसन्धान गर्न माग

काठमाडौं । सरकारी वकिलको कार्यालयले पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा

सात महिनामा वीरगञ्जबाट ६६ अर्ब ४८ करोडको निर्यात

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा

ओलीको रिहाइको माग गर्दै पत्नी राधिकाले दिइन् बन्दी प्रत्यक्षीकरणको निवेदन

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीकी