२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

नेपाली कांग्रेस चितवनको सभापतिमा आठ जना प्रत्यासी



चितवन । नेपाली कांग्रेस चितवनको सभापतिका लागि आठ जना प्रत्यासी चुनावी मैदानमा उत्रिएका छन् ।

जिल्लामा यही भदौ २१ गते वडा अधिवेशन हुँदैछ । जिल्ला समितिका लागि भने आगामी असोज १० गते निर्वाचन हुनेछ ।

जिल्ला सभापति जीतनारायण श्रेष्ठले केन्द्रीय सदस्यका लागि उम्मेदवारी घोषणा गरेपछि उपसभापति कैलाश कोइराला र सचिव उत्तम जोशीले सभापतिका लागि दाबी गरेका छन् । पूर्वसांसद जगन्नाथ पौडेल, कृषि तथा वन विज्ञान विश्वविद्यालयका संस्थापक रजिष्टार प्रा डा सूर्यकान्त घिमिरे र वाग्मती प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठले सभापतिका लागि उम्मेदवारी घोषणा गरेर प्रचारमा जुटेका छन् ।

नेपाली कांग्रेसको क्षेत्र नं १ बाट महासमिति सदस्य राजेन्द्र बुर्लाकोटी, क्षेत्र नं २ बाट राजेश्वर खनाल र क्षेत्र नं ३ बाट विजय भुसालले उम्मेदवारी घोषणा गरेर प्रचार अभियानमा जुटेका छन् ।

जिल्लामा वडा अधिवेशनबाट दुई हजार ९०० क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् । जिल्ला सभापति जीतनारायण श्रेष्ठका अनुसार जिल्लाका ९८ वटा वडामध्ये २० वटामा निर्विरोध भएको जानकारी आएको छ । अन्य वडामा पनि निर्विरोध गर्ने प्रयास भइरहेको छ । हरेक वडामा सभापतिसहित २७ सदस्यीय कार्य समिति हुनेछ । क्रियाशील सदस्यका आधारमा एउटा वडाबाट १६ देखि ७५ जनासम्म क्षेत्रीय प्रतिनिधि निर्वाचित भएर आउने छन् । यही भदौ २७ गते नगर अधिवेशन हुने कार्यतालिका रहेको छ ।

जिल्लामा एउटा महानगरपालिका, एउटा गाउँपालिका र पाँच वटा नगरपालिका छन् । आगामी असोज १ गते प्रदेशको अधिवेशनले प्रदेश महाधिवेशन प्रतिनिधि र प्रदेश कार्यसमिति बनाउने छ । त्यस्तै आगामी असोज ५ गते क्षेत्रको अधिवेशन हुनेछ । यसलगत्तै असोज १० गते जिल्ला अधिवेशन हुनेछ । श्रेष्ठका अनुसार जिल्ला समितिले २७ हजार ८५५ क्रियाशील सदस्य सिफारिस गरेकामा केही छुट भएकाको थप भएर आएको छ । कोहीको आउने क्रममा छ ।

जिल्लामा नयाँ मात्र १० हजार ८०७ जना क्रियाशील सदस्य थप भएको हो । पुरानाबाट १७ हजार ४८ जनाले नवीकरण गरेको उनले जानकारी दिए । जिल्लाको निर्वाचन हेर्नका लागि अधिवक्ता कमलमोहन पोख्रेललाई केन्द्रीय निर्वाचन समितिले खटाएको छ । निर्वाचन गर्न प्रजातन्त्रवादी कानून व्यवसायी, शिक्षक सङ्घ र प्रजातन्त्रवादी प्राध्यापक सङ्घका सदस्य जुटेका छन् । सबै वडामा प्रतिनिधि तोकिएको छ ।

जिल्ला समिति सभापतिसहित ५० जनाको हुनेछ । जिल्लामा तीन वटा क्षेत्र रहेको छ । देशमा नै क्रियाशील सदस्य बढी भएको जिल्लामध्येमा चितवन पनि पर्दछ ।

प्रकाशित मिति : १९ भदौ २०७८, शनिबार  ३ : २८ बजे

आज जनआन्दोलन दिवस मनाइँदै

काठमाडौं । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव : देशका विभिन्न भागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय

पूर्वप्रधानमन्त्री देउवाद्वारा आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको गुनासो

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

चैत्र २७ गते संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक सम्पन्न, सहमतिको आधारमा अघि बढ्ने निर्णय

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक