१७ माघ २०८२, शनिबार | January 31, 2026

भारतको निमन्त्रणा सैनिक कूटनीति थप सुदृढ गर्ने अवसर : सैनिक प्रवक्ता



काठमाडौं । नेपाली सेनाले आठ पूर्वप्रधानसेनापतिलाई भारतीय सेनाका तर्फबाट गरिएको निमन्त्रणालाई दुई देशबीचको सैनिक घनिष्ट सम्बन्ध थप सुदृढ तुल्याउने अवसरका रुपमा लिन सकिने स्पष्ट पारेको छ ।

पूर्वप्रधानसेनापतिलाई भारतीय सेनाको निम्ताका सम्बन्धमा राखिएको जिज्ञासामा नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले विगतको अभ्यास र परम्परानुसार सैनिक कूटनीति सुदृढ गर्ने अवसरकारुपमा कार्यक्रममा सहभागी हुन उनीहरुलाई निमन्त्रणा प्राप्त भएको बताए ।

उनले भने, “नेपाली सेनाले पनि विगतमा सेना दिवसका अवसरमा अवकाशप्राप्त भारतीय सेनाध्यक्षलाई निमन्त्रणा गरेकामा विशेष अतिथिकारुपमा भाग लिइ अवलोकन गर्नुभएको थियो, यो विगतको अभ्यास र परम्परा रही आएको छ । त्यसकै निरन्तरताकारुपमा उनीहरुको निम्तालाई लिन सकिन्छ ।”

भारतीय सेनाका मानार्थ महारथी रहेका पूर्वप्रधानसेनापतिलाई भारतीय सेनाकातर्फबाट चिफ कन्क्लेभ सेमिनारका लागि निमन्त्रणा प्राप्त भएको पुष्टि गर्दै प्रवक्ता पौडेलले उनीहरु व्यक्तिगत रुपमा कार्यक्रममा सहभागी हुने जानकारी दिए ।

पूर्वप्रधानसेनापति धर्मपालबरसिंह थापा, प्रज्ज्वल शम्शेर राणा, प्यारजङ्ग थापा, रुक्माङ्गत कटवाल, छत्रमान गुरुङ, गौरव शमशेर राणा, राजेन्द्र थापा र पूर्णचन्द्र थापालाई भारतीय सेनाको दिल्लीमा हुने विशेष कार्यक्रममा सहभागी हुन निमन्त्रणा दिइएको हो ।

उनीहरुलाई प्राप्त भएको निमन्त्रणका विषयमा नेपाली सेनाले तालुक मन्त्रालयलाई जानकारी गराइसकेको छ । उक्त कार्यक्रममा सहभागी हुने क्रममा भारतीय सेनाको संस्थागत विकासबारे अध्यावधिका साथै आवश्यकताअनुसार सल्लाह सुझाव आदानप्रदान एवं केही अनौपचारिक विषयमा पनि छलफल हुनसक्नेछ ।

प्रकाशित मिति : १९ भदौ २०७८, शनिबार  ३ : ३४ बजे

बुटवलका व्यवसायीबाट नेपाल प्रहरीलाई पुस्तक तथा खेलकुद सामाग्रि प्रदान

बुटवल । बुटवल उद्योग वाणिज्य संघको वस्तुगत संगठन रुपन्देही पुस्तक

पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार

नेपालगन्ज । वरिष्ठ पत्रकार एवं साहित्यकार नरेन्द्रजङ्ग पिटरलाई यस वर्षको

चुनावी सुरक्षा र निष्पक्षता सुनिश्चित गर्न अध्यक्ष ओलीको माग

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

चौथो न्यू होराइजन कप अन्तर मावि छात्र भलिबल प्रतियोगिताको उपाधि आयोजकलाई

बुटवल । बुटवलमा सम्पन्न चौथो न्यू होराइजन कप अन्तर माध्यमिक

गैँडाको आक्रमणबाट एक जनाको मृत्यु

चितवन । गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।