१ भदौ २०८३, सोमबार | August 17, 2026

पहिलो मैत्रीपूर्ण खेल बराबरी टुंग्याएका नेपाल-भारत आज पनि प्रतिस्पर्धा गर्दै



काठमाडौं । पहिलो खेलमा बराबरी खेलेका नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आइतबार आज हुँदैछ । साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल हुनेछ ।

यसअघिको पहिलो खेलमा १-१ को बराबर खेल्दै अंक बाँडेका नेपाल-भारत दोस्रो खेलमा स्पष्ट ३ अंकको खोजीमा हुनेछन् । फिफा वरीयतामा भारत नेपालभन्दा निकै माथि छ । भारत १०५औँ स्थानमा छ भने नेपाल १६८औँ स्थानमा छ ।

पाँच हजारभन्दा बढी घरेलु दर्शक माझ नेपालले खेल आफ्नो पकडमा राख्न सक्ने मौका छ । भारतीय प्रशिक्षक इगोरले आइतबारको दोस्रो खेलमा नेपालविरुद्ध ‘प्लेईङ सेट’ केही परिवर्तन गर्न सक्छन् ।

उनले पहिलो दिनको पहिलो हाफमा आफ्ना खेलाडी चल्न नसकेपछि ४६औँ मिनेटमै तीन खेलाडी परिवर्तन गरेका थिए । नेपालविरुद्ध भारतका दुई खेलाडीले डेब्यु गरेका थिए भने नेपालका मिडफिल्डर नितिन थापाले पहिलो पटक राष्ट्रिय टोलीबाट खेले ।

नेपाल र भारत अक्टोबर १ देखि १६ सम्म माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय मैदानमा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीमा मैत्रीपूर्ण खेल खेलिरहेका हुन् । नेपाली टोली भारतसँगको मैत्रीपूर्ण खेलपछि १६ दिनको बन्द प्रशिक्षणका लागि कतार भ्रमणमा निस्कनेछ ।

प्रकाशित मिति : २० भदौ २०७८, आइतबार  ७ : २९ बजे

बडीमालिका पूजा आजदेखि प्रारम्भ

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिका मन्दिरमा आजदेखि

आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभाबाट

टप एन्ड टी-२० मा नेपाल ‘ए’को परीक्षा, अवसरको सदुपयोग होला ?

काठमाडौं । अष्ट्रेलियाको टप एन्ड टी-२० सिरिजमा नेपाल दोस्रोपटक सहभागिता

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।

आज श्रावण शुक्ल पञ्चमीः नागको पूजा, आराधना गरी नागपञ्चमी पर्व मनाइँदै

काठमाडौं । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी मनाइँदैछ