१५ चैत्र २०८२, आइतबार | March 29, 2026

नेकपा एकीकृत समाजवादीद्वारा नेताहरुको जिम्मेवारी बाँडफाँट, तोक्यो ६ प्रदेशमा इन्चार्ज



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले ६ वटा प्रदेशमा इन्चार्ज तोकेको छ । एकीकृत समाजवादीको स्थायी समिति बैठकले सुदूरपश्चिमबाहेक ६ प्रदेशमा इन्चार्ज तोकेको हो ।

प्रदेश १ को इन्चार्ज घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ साह, बागमतीमा केदार न्यौपाने, गण्डकीमा केशवलाल श्रेष्ठ, लुम्बिनीमा भागवत विश्वासी र कर्णालीमा प्रकाश ज्वाला इन्चार्ज तोकिएका छन् ।

सुदूरपश्चिम प्रदेशको इन्चार्ज तोक्न बाँकी छ। केही दिनमै इन्चार्ज तोकिने जनाइएको छ । त्यस्तै, एकीकृत समाजवादीले उपत्यका विशेष प्रदेश कमिटीमा विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेशमा विजय गुरुङ, मोर्चा इन्चार्ज डा.विजय पौडेल, प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा र प्रवास क्षेत्रको इन्चार्जमा श्रीप्रसाद साहलाई तोकेको छ ।

वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा १३ सदस्यीय दस्तावेज मस्यौदा समिति पनि गठन गरेको छ । केन्द्रीय सचिवालयमा बेदुराम भुसाल, प्रमेश हमाल, राजेन्द्र पाण्डे, गंगालाल तुलाधर, जयन्त राई र जीवनराम श्रेष्ठ तोकिएका छन् ।

यससँगै एकीकृत समाजवादीले आज केन्द्रीय सचीवालयको बैठक बोलाएको छ । दिउसो ३ बजे बैठक बस्ने जनाइएको छ ।

प्रकाशित मिति : २० भदौ २०७८, आइतबार  ९ : ३८ बजे

बुटवलमा भोलीबाट आठौं राष्ट्रिय लन टेनिस प्रतियोगिता : देशभरबाट खेलाडी आऊन सुरु

बुटवल । रुपन्देही लन टेनिस संघको आयोजनामा आईतवार (चैत्र १६)

रुपन्देहीमा एक करोडको अवैध सामान बरामद

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका विभिन्न स्थानबाट जाँच गर्ने क्रममा

नागरिकको सुरक्षा हुनेगरी मनसुनको पूर्वतयारी गर्न गृहमन्त्री गुरुङको निर्देशन

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले आमनागरिकको सुरक्षा हुनेगरी मनसुन पूर्वतयारी

ओली र लेखकलाई ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली