१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बाढीले लघुजलविद्युत्‌ आयोजना बगायो



म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-२ लुलाङस्थित दरखोलामा आएको बाढीले दोस्रो दरखोला लघुजलविद्युत् आयोजना बगाएको छ । ४२ किलोवाट क्षमताको उक्त आयोजनाको आइतबार राति आएको बाढीले नहर तथा पावरहाउस सबै बगाएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र गुरुङले गएराति आएको बाढीले आयोजना बगाएको जानकारी दिए । ‘बाढीले जलविद्युत आयोजना डुवाएको भनेर गाउँपालिकाका अध्यक्षले खबर गर्नु भएको छ, प्रहरी टाली पठाएइको छ,’ गुरुङले भने,‘प्रहरी पुगेपछि विस्तृत जानकारी आउला ।’

गाउँपालिका अध्यक्ष थमसरा पुनका अनुसार वैकल्पिक ऊर्जाको ८६ लाख, गाउँपालिकाको ६० लाख र बाँकी स्थानीय श्रमदान गरी १ करोड ५२ लाख लागतमा दुई वर्षअघि मात्र लघुजलविद्युत् आयोजना निर्माण भएको थियो ।

८ वर्षअघि पनि सोही खोलाको बाढीले लम्सुङ बस्ती नजिकको परियोजना पूर्ण रूपमा बगाएपछि पुनस् एक किलोमिटर माथि सारिएको थियो । बाढीले नहर तथा पावरहाउस बगाएपछि दुर्गम बस्ती लुलाङका ३ सय ७८ घरधुरी अन्धकार भएको बताइन् ।

प्रकाशित मिति : २१ भदौ २०७८, सोमबार  ९ : ४१ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्