१० पुस २०८२, बिहिबार | December 25, 2025

लिम्बुवान कार्यकर्ताद्वारा बिपी प्रतिष्ठानमा तोडफोड



धरान । सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति कार्यकक्षमा लिम्बुवानका कार्यकर्ताले तोडफोड गरेका छन् ।

प्रतिष्ठानको काम बन्द गरेर चिकित्सक, नर्ससहितका स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएको विरोधमा संघीय लिम्बुवान मञ्च धरानका कार्यकर्ताले उपकुलपतिको कार्यालय तोडफोड गरेका हुन् ।

सरकारसँग भएको सहमति पालना नभएको भन्दै आइतबारदेखि चिकित्सकहरु काम ठप्प पारेर आन्दोलनमा उत्रिएका छन् ।

तोडफोडमा संलग्न लिम्बुवान कार्यकर्ताले उपकुलपतिसहितका पदाधिकारीको कार्यकक्षमा आन्दोलनकारीले लगाएको ताला फुटाइदिएका छन् । उनीहरुले अस्पतालको ओपिडी लगायतका सेवा तत्काल सञ्चालन गर्न माग गरेका छन्।

अस्पताल नै बन्द गरेर आन्दोलनमा उत्रिँदा बिरामी सेवाग्राहीलाई मर्का पर्ने भन्दै आइतबार एमाले, राप्रपा, लिम्बुवान लगायतका दलहरुले उपचार सेवा ठप्प पार्ने आन्दोलन फिर्ता लिन आग्रह गरेका थिए ।

 

प्रकाशित मिति : २१ भदौ २०७८, सोमबार  ३ : १४ बजे

भारतको गीडा औद्योगिक क्षेत्रका उद्योगीसँग अन्तरसंवाद, उद्योग तथा पर्यटन क्षेत्रमा सहकार्य गर्ने प्रतिवद्धता

बुटवल । भारतको गीडा औद्योगिक क्षेत्रका उपाध्यक्ष प्रविण मोदीको नेतृत्वमा

नाग्म-गमगढी मार्गमा सात पुल निर्माण

जुम्ला । नाग्म-गमगढी सडकखण्डमा सात पक्की पुल निर्माण गरिएको छ

शीतलहर र हिमपातबाट प्रभावितलाई तत्काल राहत दिन प्रचण्डको अपील

काठमाडौं । मौसममा आएको परिवर्तनका कारण तराई–मधेश क्षेत्रमा शीतलहर र

निर्वाचनका निम्ति सरकारले काम गरिरहेको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचन सफलापूर्वक सम्पन्न गर्न