१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

युवाकवि मोतीराम भट्ट साहित्य पुरस्कार पुरुषोत्तम पाण्डेयलाई



बुटवल । नव जागृति पुस्तकालय बुटवलले साहित्यकार पुरुषोत्तम पाण्डेयलाई एक कार्यक्रमबिच नगद सहित पुरस्कृत तथा सम्मान गरेको छ ।

पुस्तकालयले युवाकवि मोतिराम भट्टको १५६ औँ जन्मजयन्तीको अवसरमा युवाकवि मोतीराम भट्ट साहित्य पुरस्कार २०७८ द्वारा पाण्डेयलाई रु. पाँच हजार पाँच नगदसहित सम्मान गरेको हो ।

पुस्तकालयले नेपाली साहित्यका मूर्धन्य प्रतिभा आदिकवि भानुभक्त आचार्य, युवाकवि मोतीराम भट्ट, कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, युगकवि सिद्धिचरण श्रेष्ठ र राष्ट्रकवि माधव घिमिरको नाममा कविहरूको जन्मजयन्तीका अवसरमा प्रदान गर्ने गरी ६ वटा साहित्यिक पुरस्कार स्थापना गरेको छ ।

यस वर्षदेखि सुरुवात गरिएका पुरस्कारहरूमध्ये यसअघि असार २९ गते आदिकवि भानुभक्त आचार्य पुरस्कार वरिष्ठ साहित्यकार अजम्बरध्वज खातीलाई प्रदान गरिएको थियो ।

नव जागृति पुस्तकालयका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठको अध्यक्षता, साहित्यकार कृष्णप्रसाद कोइरालाको प्रमुख आतिथ्यता, पुस्तकालयका वरिष्ठ उपाध्यक्ष बेन बहादुर पौडलको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रा.डा. हिरण्यलाल ज्ञवालीले मोतीराम भट्टको साहित्यिक योगदानको चर्चा गर्दै सम्मानित स्रष्टाको व्यक्तित्वका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा विश्व हिन्दु महासंघ नगर समिति अध्यक्ष चन्द्रमान श्रेष्ठले स्वागत मन्तव्य, पुरस्कार छनोट समितिकी सदस्य अम्बिका पौडेल क्षेत्रीले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन उर्मिला श्रेष्ठले गरेकी थिइन ।

प्रकाशित मिति : २२ भदौ २०७८, मंगलबार  ६ : १७ बजे

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार उपचारका

एमबीएस प्रश्नपत्र आउट प्रकरण : थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध

बाँकेमा अखाद्य वस्तुको कारोबार गर्ने दुई व्यवसायीलाई जरिवाना र सजाय

नेपालगन्ज । बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत