१२ श्रावण २०८१, शनिबार | July 27, 2024

युवाकवि मोतीराम भट्ट साहित्य पुरस्कार पुरुषोत्तम पाण्डेयलाई



बुटवल । नव जागृति पुस्तकालय बुटवलले साहित्यकार पुरुषोत्तम पाण्डेयलाई एक कार्यक्रमबिच नगद सहित पुरस्कृत तथा सम्मान गरेको छ ।

पुस्तकालयले युवाकवि मोतिराम भट्टको १५६ औँ जन्मजयन्तीको अवसरमा युवाकवि मोतीराम भट्ट साहित्य पुरस्कार २०७८ द्वारा पाण्डेयलाई रु. पाँच हजार पाँच नगदसहित सम्मान गरेको हो ।

पुस्तकालयले नेपाली साहित्यका मूर्धन्य प्रतिभा आदिकवि भानुभक्त आचार्य, युवाकवि मोतीराम भट्ट, कविशिरोमणि लेखनाथ पौड्याल, महाकवि लक्ष्मीप्रसाद देवकोटा, युगकवि सिद्धिचरण श्रेष्ठ र राष्ट्रकवि माधव घिमिरको नाममा कविहरूको जन्मजयन्तीका अवसरमा प्रदान गर्ने गरी ६ वटा साहित्यिक पुरस्कार स्थापना गरेको छ ।

यस वर्षदेखि सुरुवात गरिएका पुरस्कारहरूमध्ये यसअघि असार २९ गते आदिकवि भानुभक्त आचार्य पुरस्कार वरिष्ठ साहित्यकार अजम्बरध्वज खातीलाई प्रदान गरिएको थियो ।

नव जागृति पुस्तकालयका अध्यक्ष महेश्वर प्रसाद श्रेष्ठको अध्यक्षता, साहित्यकार कृष्णप्रसाद कोइरालाको प्रमुख आतिथ्यता, पुस्तकालयका वरिष्ठ उपाध्यक्ष बेन बहादुर पौडलको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रा.डा. हिरण्यलाल ज्ञवालीले मोतीराम भट्टको साहित्यिक योगदानको चर्चा गर्दै सम्मानित स्रष्टाको व्यक्तित्वका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा विश्व हिन्दु महासंघ नगर समिति अध्यक्ष चन्द्रमान श्रेष्ठले स्वागत मन्तव्य, पुरस्कार छनोट समितिकी सदस्य अम्बिका पौडेल क्षेत्रीले बधाई तथा शुभकामना मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन उर्मिला श्रेष्ठले गरेकी थिइन ।

प्रकाशित मिति : २२ भदौ २०७८, मंगलबार  ६ : १७ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्