१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो



काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४ दशमलव ६४ अङ्कले घटेर दुई हजार ६९६ दशमलव ६७ मा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ७० अङ्कले घटेर ४७० दशमलव ७९ मा पुगेको छ । त्यस्तै फ्लोट सूचक शून्य दशमलव ३१ अङ्कले घटेर १८५ दशमलव २२ मा पुगेको छ । सेन्सेटिभ फ्लोट सूचक शूल्य दशमलव १८ अङ्कले घटेर १५९ दशमलव ७० मा पुगेको छ । विभिन्न कम्पनीका एक करोड चार लाख २१ हजार ८६३ कित्ता सेयर रु चार अर्ब ४२ करोड ७३ लाख पाँच हजार ५४२ मूल्यमा खरिद बिक्री भएको छ ।

तेह्र उपसमूहमध्ये चार उपसमूह बढ्यो भने ९ उपसमूह घटेको छ । आज ९८ कम्पनीको सेयर बढ्यो भने १६६ कम्पनीको सेयर घट्यो । त्यसैगरी १३ कम्पनीको सेयर स्थिर रह्यो ।

नेप्सेका अनुसार आज एभरेष्ट कलर लिमिटेड, लक्ष्मी उन्नति कोष, गरिमा समृद्धि योजनाका लगानीकर्ताले कमाएका छन् भने कुथेली बुखरी स्मल हाइड्रोपावर, सिद्धार्थ इक्युटि फण्ड, मेगा म्युचुअल फण्डलगायत लगानीकर्ताले गुमाएका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ३ : ४४ बजे

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार उपचारका

एमबीएस प्रश्नपत्र आउट प्रकरण : थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध