७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

लुम्बिनी प्रदेशमा एमाले विभाजनको प्रयास असफल भयो : एमाले उप-महासचिव विष्णु पौडेल



बुटवल । नेकपा एमालेका उप-महासचिव विष्णु पौडेलले एमाले एक्लै नेपालका अन्य सबै दलहरुलाई परास्त गर्न सक्षम रहेको बताएका छन् । प्रेस चौतारी नेपाल रुपन्देहीको आयोजनामा बुटवलमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै उपमहासचिव पौडेलले एमालेसँग एक्लै मुकाबिला गर्न नसकेकै कारण दलहरुले एमाले विरुद्ध गठबन्धन बनाउन बाध्य बनेको बताए ।

उनले बिभिन्न देशहरुमा सरकारका विपक्षमा प्रतिपक्षले गठबन्धन बनाएको देखिएपनि नेपालमा प्रतिपक्षका विरुद्ध सत्तापक्षले गठबन्धन बनाएको चर्चा गर्दै गठबन्धन अपवित्र भएकाले यो धेरैदिन नटिक्ने ठोकुवा गरे ।

२०७५ जेठ २ अघिको संरचना अनुसार तत्कालिन संयोजक रहेका पौडेलको अध्यक्षमा बसेको लुम्बिीनी प्रदेश कमिटीको बैठकको निर्णय सुनाउँदै उपमहासचिव पौडेलले लुम्बिनी प्रदेशमा एमाले विभाजनको प्रयासलाई विफल पारिएको दाबी गरे । उनले लुम्बिनीमा एमाले विभाजनको कुनै प्रभाव नपरेको बताउँदै एमाले कार्यकर्ताहरु विभाजनको विपक्षमा रहेको दाबी गरे । नेकपा एकिकृत समाजवादी पार्टीलाई सर्पको काँचुलीको संज्ञा दिंदै उपमहासचिव पौडेलले एमालेले काँचुली मात्र फेरेको स्पष्ट पारे ।

माधव नेपाल नेतृत्वको एकिकृत समाजवादीलाई कटाक्ष गर्दै पौडेलले पार्टी विभाजनको प्रयास गरे माधव नेपालले अपराधिक कर्म गरेको आरोप लगाए । संसद बचाउन देउवालाई समर्थन गर्नु परेको तर्क गरिरहेका नेपाल पक्षका नेताहरुप्रति संकेत गर्दै उनले आफ्नै अध्यक्षले विश्वासको मत माग्दा मतदान बहिस्कार गरेकाहरुले देउवाको पक्षमा हस्ताक्षर गरेर संसद बचाएको भन्नु हास्यास्पद कुरा भएको बताए । ओली नेतृत्वको सरकारलाई दक्षिणपन्थीको आरोप लगाईएको गुनासो गर्दै पौडेलले दक्षिणपन्थी देउवा नेतृत्वलाई सरकारमा पु¥याएर बामपन्थ शब्द कै भद्दा मजाक उडाईएको बताए ।

एमालेको विभाजनको प्रयास गरेर माधव नेपालहरुले अपराधीक कर्म गरेको उनले बताए । ‘दाजुभाईसँग रिस उठ्दा आामा माथि बञ्चरो प्रहार गर्ने काम माधवजीबाट भयो ।’ पौडेलले भने, -‘माधवजीको पार्टी पानीको फोका हो । आमनको दूध चुसेर पुगेन बाबुको घुँडा तोक्ने काम माधवजीहरूबाट भयो ।’

गठन भयो १२ वटै जिल्लामा जिल्ल कमिटी :

एमालेको मंगलबार बसेको प्रदेश कमिटीको बैठकले प्रदेश कमिटी गठन गर्नुका साथै लुम्बिनी प्रदेशका १२ जिल्ला कमिटिलाई २०७५ जेठ २ अघिकै अवस्थामा फर्काउने निर्णय गरेको छ। भदौ २२ गते बुटवलमा सम्पन्न प्रदेश कमिटीको बैठकले प्रदेश तथा जिल्लाको नेतृत्व चयन गरेको उपमहासचिव पौडेलले पत्रकार सम्मेलनमा जानकारी दिए ।

पौडेलका अनुसार बैठकले प्रदेश कमिटीको अध्यक्षमा लीला गिरी, उपाध्यक्षमा खेममान खडका, सचिवमा भुमिश्वर ढकाल र उपसचिवमा दुर्गा थारुलाई चयन गरेको उनको भनाइ छ । नेकपा कालीन कार्यालय सचिव बलराम अधिकारीलाई भने एमालेमा पनि यथावत राखिएको छ । १० वुँदे कार्यान्वयन गर्ने क्रममा जिल्लाको नेतृत्वको जिम्मेवारी पनि तोकिएको छ ।

१, वर्दिया

​लाल वहादुर श्रेष्ठ, अध्यक्ष
शालिकराम अधिकारी, उपाध्यक्ष
पदम ढकाल, सचिव
नुतन चौधरी, उपसचिव

२, वाँके

​निरक गुरुङ, अध्यक्ष
किस्मत कक्षपती, उपाध्यक्ष
रत्न खत्री, सचिव
प्रमोद धिताल, उपसचिव

३, दाङ

टिकाराम खडका, अध्यक्ष
हुकम वस्नेत, उपाध्यक्ष
मनोहर वुढाथोकी, सचिव
कृष्ण भुषाल, उपसचिव

४, रोल्पा

वालाराम वुढा, अध्यक्ष
विजय घर्ती, उपाध्यक्ष
निमप्रसाद रोका, सचिव
राजेन्द्र वुढाथोकी, उपसचिव

५, रुकुम पूर्व

टोपवहादुर वली, अध्यक्ष
रुजिधन घर्तिमगर, उपाध्यक्ष
लिलामणि गौतम्, सचिव
तेजेन्द्र वुढामगर, उपसचिव

६, प्युठान

तुलसी शर्मा, अध्यक्ष
हुकुम खडका, उपाध्यक्ष
मोहन जिसी, सचिव
उपसचिव इञ्चार्जको प्रस्तावमा कमिटीले चयन गर्ने ।

७, अर्घाखाँची

चेतनारायण आचार्य, अध्यक्ष
जिवनारायण कोइराला, उपाध्यक्ष
तोजवहादुर रायमाझी, सचिव
प्रेम गैरे, उपसचिव

८, गुल्मी

मधुकृष्ण पंत, अध्यक्ष
वालसिं काउछा, उपाध्यक्ष
सोमप्रसाद सापकोटा, सचिव
धर्म विक, उपसचिव

९, पाल्पा

नारायण आचार्य, अध्यक्ष
मोहन थापा, उपाध्यक्ष
ओजवहादुर घर्ति, सचिव
कमल पाण्डे, उपसचिव

१०, कपिल वस्तु

झविलाल पोखरेल, अध्यक्ष
वावुराम खनाल, उपाध्यक्ष
वावुराम आचार्य, सचिव
विश्राम चौधरी, उपसचिव

११, नवलपरासी

तुलसी पासी, अध्यक्ष
डोलराज भण्डारी, उपाध्यक्ष
थानप्रसाद गैरे, सचिव
राजन आचार्य, उपसचिव

१२, रुपन्देही

शिवराज सुवेदी, अध्यक्ष
पुरुशोत्तम घिमिरे, उपाध्यक्ष
जागेश्वरी चौधरी, सचिव
गोपाल राना, उपसचिव

 

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  १ : ४७ बजे

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२

विवादका बीच गण्डकीको प्रदेशसभाको बैठक बस्दै

गण्डकी । गण्डकी प्रदेशसभाको बैठक आज बस्दै छ । गण्डकी प्रदेशका

हेलिकोप्टर दुर्घटनामा केन्याका सेना प्रमुखको निधन

केन्या । केन्याका सैन्य प्रमुख फ्रान्सिस ओगोलाको हेलिकोप्टर दुर्घटनामा परी

युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा

काठमाडौं । युइएफए युरोपा लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ

आज मनकामना केबलकार बन्द

चितवन । मनकामना केबलकार आज एक दिनका लागि बन्द हुने