१२ श्रावण २०८१, शनिबार | July 27, 2024

एमाले अध्यक्ष ओली र एमसीसी उपाध्यक्ष सुमारबीच भेटवार्ता



काठमाडौं । एमसीसीका उपाध्यक्ष फतिमा सुमारले नेपालमा आफ्नो राजनीतिक भेट सुरु गरेकी छिन् ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग सुमारले पहिलो भेटवार्ता गर्ने भनिएपनि उनले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगबाट राजनीतिक भेटवार्ताको सुरुवात गरेकी छिन् ।

सुमार बिहीबार दिउँसो २ बजे ओलीलाई भेट्न बालकोट पुगेकी थिइन्। झण्डै एक घण्टाको छलफलपछि सुमारसहितको एमसीसी प्रतिनिधिमण्डल बालकोटबाट फर्किएको छ।

भेटवार्तामा एमसीसी उपाध्यक्ष सुमारले सम्झौता अनुमोदनको प्रक्रिया अघि बढाउनुपर्नेमा धारणा राखेकी छिन् । सुमारले एमसीसी छिटो अनुमोदनको प्रक्रियामा सघाउन पुर्याउन आग्रह गरेकी छिन् । अध्यक्ष ओलीले आफु प्रधानमन्त्री हुँदा एमसीसी अघि बढाउन खोजेको भएपनि सभामुख लगायतका केही व्यक्तिले अवरोध गरेको आरोप लगाएका छन् । ओलीले एमसीसीबारे सरकारले अहिलेसम्म आफ्नो दलसँग कुनै छलफल नगरेको पनि बताएका छन् ।

भेटवार्तामा एमालेबाट अध्यक्ष ओलीसहित विदेश विभाग प्रमुख राजन भट्टराई, स्थायी कमिटी सदस्य विष्णु रिमाल लगायतका नेता सहभागी थिए।

प्रधानमन्त्री हुँदा एमसीसी तत्कालै पास गरिहाल्नुपर्ने अडानमा रहेका एमाले अध्यक्ष ओली सत्ताबाट बाहिर पुग्ने वित्तिकै एमसीसी सम्झौता परिमार्जन गर्नुपर्ने भनेर भाषण गरेका थिए । एमसीसीलाई तत्काल पास गरिहाल्नुपर्ने पक्षमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले ओलीको साथ खोजिरहेका छन् ।

चार दिनसम्म नेपालमा बस्ने एमसीसी उपाध्यक्ष सुमारले प्रधानमन्त्री देउवासहित माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अर्थमन्त्री जनार्दन शर्मा, उर्जा मन्त्री पम्फा भुसाललगायतसँग भेटवार्ता गर्नेछिन् ।

प्रधानमन्त्री देउवासँग भने शुक्रबार दिउँसो भेटवार्ता हुने भएको छ ।

सुमार कतार एयरवेजको विमानबाट बिहीबार बिहान काठमाडौं आइपुगेकी हुन् । सुमार आउनु एक दिन अघि एमसीसी हेडक्वाटरले नेपाल सरकारले एमसीसीबारे पठाएका प्रश्नको लिखित जवाफ पठाएको थियो ।

प्रकाशित मिति : २४ भदौ २०७८, बिहिबार  २ : ३१ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्