१५ बैशाख २०८१, शनिबार | April 27, 2024

बढ्दो जल सङ्कट पाकिस्तानको स्थिरताको लागि चुनौतीपूर्ण



इस्लामाबाद। पाकिस्तान पानीको ठूलो संकटको बीचमा रहेको र देशको स्थिरताको निम्ति यो जटिल चुनौती रहेको अनुसन्धानले देखाएको छ।

इन्टरनेशनल फोरम फर राइट एण्ड सेक्युरिटी (IFFRAS)को प्रतिवेदन अनुसार पानीको सङ्कटले पाकिस्तानमा ठूल्ठूला विरोधका प्रदर्शनी निम्त्याएको छ जसले गर्दा यहाँको रुग्ण अर्थतन्त्रलाई थप समस्याग्रस्त पार्न सक्छ र प्रान्त-प्रान्त बीच झगडा निम्त्याउन सक्छ।

सिन्ध र बलुचिस्तान प्रान्तका किसानहरूले सिन्धु नदीबाट आफ्नो पानीको हिस्सा छोड्न माग गर्दै प्रमुख राजमार्ग अवरुद्ध गर्न थालेका छन्।

IFFRAS को रिपोर्ट अनुसार सबैभन्दा धनी र राजनीतिक बहुलता भएको पञ्जाब प्रान्तमा प्रायः नदीको पानीको उच्चतम र अनुचित मात्रा छुट्याएको आरोप लगाइएको छ।

सिन्धु नदीको पानीको वितरणलाई लिएर समय समयमा प्रान्तहरू बीच विवाद देखा पर्ने गरेको छ। यसो हुनुमा अनुसन्धानकर्ताहरू प्रान्तहरू बीच विश्वासको कमीलाई प्रमुख कारण ठान्छन्। पाकिस्तानी शोधकर्ताहरूको अध्ययन प्रतिवेदन अनुसार पाकिस्तानका प्रान्तहरू बीच विश्वासको कमी नै विवादको जड हो । विशेष गरी सिन्ध र पन्जाब एवं सिन्ध र बलुचिस्तान बीच पानी विवाद मुख्य कारण बन्ने गरेको छ।

सिन्ध र पन्जाब मात्र होइन, यस पटक सिन्ध र बलुचिस्तान बीच समेत संघर्ष देख्न सकिन्छ। बलुचिस्तानले सिन्धलाई चेतावनी दिदै भनेको छ – हब बाँधबाट कराचीको पानी आपूर्ति बन्द गरिनेछ छ यदि उत्तर प्रदेशले पानीको प्रान्तको हिस्सा ओगट्ने काम रोकेन भने।

पानीको अभावले यी प्रान्तहरू बीच झगडा बढाउने छ र आन्तरिक अशान्तिको मुख्य कारण यही हुनेछ। तालिबान द्वारा अफगानिस्तान को कब्जा पछि कट्टरपन्थी तत्त्वहरू बलियो हुँदै जाँदा पाकिस्तान को स्थिरताको लागि यो घटना विनाशकारी हुन सक्ने अध्ययनले देखाएको छ।

प्रकाशित मिति : २४ भाद्र २०७८, बिहिबार  ३ : १९ बजे

आचारसंहिता उलंघन गरेपछि रास्वपा उम्मेदवार मिलन लिम्बूमाथि कारवाही थाल्दै आयोग

काठमाडौं । इलाम-२ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले निर्वाचन

नेपालको वेस्ट इन्डिज ए माथि शानदार जित

काठमाडौं । कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेष्ट

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

काठमाडौं । आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका

काठमाडौँ महानगरको कार्यालय समय अब बिहान ९ बजेदेखि

काठमाडौं । काठमाडौँ महानगरपालिकाले आजबाट विहान ९ बजेदेखि कार्यालय सञ्चालन

एनआइसी एशियाले गर्यो अर्जुन खनियालाई सहायक प्रमुख कार्यकारी अधिकृतमा बढुवा

काठमाडौ । एनआईसी एशिया बैकका सहायक महाप्रबन्धक अर्जुन राज खनिया