१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सुमार-नेपाल भेटवार्ता : राष्ट्रहितभन्दा बाहिर गएर एमसीसी सम्झौता अघि बढ्न नसक्ने एकिकृत समाजवादीको धारणा



काठमाडौं । एमसीसीको बारेमा स्पष्ट पार्न नेपाल आएको एमसीसी परियोजनाका उपाध्यक्ष फतिमा सुमार सहितको टोलीले आज अपराह्न एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गरेको छ । सिंहदरबारमा भएको भेटवार्तामा उपाध्यक्ष सुमार नेतृत्वको टोलीले एमसीसीबारे नेपालमा उठेका प्रश्नहरुमा स्पष्टीकरण दिएको भेटवार्तामा सहभागी एकिकृत समाजवादीका नेता डा. गँगाधर तुलाधरले बताए ।

उपाध्यक्ष सुमार सहितको टोलीले एमसीसी भनेको इण्डो प्यासिफिक रणनीतिको अङ्ग नभएको बताउँदै नेपालमा हल्ला भए अनुसार एमसीसी नभएको भन्दै स्पष्ट पार्न खोजेको नेता तुलाधरले जानकारी दिए । एमसीसी इण्डो प्यासिफिक रणनीतिको अङ्ग हुँदै होईन भनेर स्पष्ट पार्न खोज्नु भयो । तुलाधरले भने, (यो हल्ला मात्र हो भनेर उहाँले भन्नुभयो ।’

भेटमा एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालले यो भ्रम एमसीसीकै तर्फबाट छरिएको धारणा राख्दै एमसीसीका आधिकारिक मान्छेले एमसीसी भनेको इण्डो प्यासिफिक रणनीतिको अंग भनेकाले नेपाली जनता सशंकित भएको भनाई सुमार समक्ष राखेको नेता तुलाधरले बताए ।

एकीकृत समाजवादीका नेताहरुले नेपाल र नेपाली जनताको हितमा नहुने, सैन्य रणनीति अन्तर्गत हुने कुनै पनि सहयोग आफूहरुलाई स्वीकार नहुने उपाध्यक्ष सुमारलाई बताएका थिए ।

‘उहाँहरुले कुनै पनि सैन्य रणनीतिको अंग होइन भनेर स्पष्ट पार्न खोज्नुभयो,’ भेटमा सहभागी नेता तुलाधरले भने, ‘अमेरिकासँग भएका सम्झौताहरु ल्याएका छौं । त्यो हेर्नुस् र मन पर्‍यो भने अनुमोदन गर्नुस् भन्ने प्रस्ताव सुमारले राख्नु भयो।’

एमसीसी उपाध्यक्ष सुमार नेतृत्वको टोलीले एमसीसी सम्झौताबारे यसो गर्नुस् भनेर दबाव नदिने, तर स्वीकार नगेर यो अनुदान अर्को मुलुकमा जाने बताएको समेत तुलाधरले बताए । उनले भने, ‘राष्ट्रहितभन्दा बाहिर गएर सो सम्झौता अघि बढ्न सक्दैन भन्ने कुरामा हामी दृढ छौँ । हामी कमसेकम पनि पाँच पार्टीको बीचमा सहमति बनाएर यो कुरा गर्ने कि नगर्ने निर्णयमा पुग्छौँ । राजनीतिक दलहरू जो सरकारमा सामेल छन् । ती सबै राजनीतिक दलहरूको कन्सर्नको कुरा हो । त्यसैले हामीहरू आफू पनि छलफल गरेर सहमतिमा अघि बढ्छौँ ।’

अमेरिकी दूतावास स्रोतका अनुसार एमसीसीको टोलीले भोलि शुक्रबार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर र उर्जामन्त्री पम्फा भुसाललाई भेट्ने छ ।

 

प्रकाशित मिति : २४ भदौ २०७८, बिहिबार  ८ : ४८ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्