१६ चैत्र २०८२, सोमबार | March 30, 2026

डडेल्धुरामा विवादबीच सुरु भयो कांग्रेस वडा अधिवेशन



डडेल्धुरा । कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेपाली कांग्रेसको वडा अधिवेशन सुरु भएको छ ।

जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले निवार्चन निर्देशिकाविपरीत वडा अधिवेशन स्थगनको एकलौटी सूचना गरेको थियो । तर, केन्द्रीय निर्वाचन समितिले जिल्ला सभापतिलाई निर्वाचन स्थगित गर्ने अधिकार नरहेको भन्दै सार्वजनिक तालिकाअनुसार निर्वाचन प्रक्रिया अगाडि बढाएको हो । तालिकाअनुसार आज बिहान ८ः ३० बजेबाट ५२ वटै वडामा अधिवेशन सुरु भएको छ ।

क्रियाशील सदस्यताको विषयलाई लिएर जिल्ला सभापति मल्ल समूहले निर्वाचन अधिकृत लोकेन्द्र बममाथि कार्यसमितिको बैठकमै हातपात गरेपछि डडेल्धुरा कांग्रेसमा किचलो सुरु भएको थियो । मल्ल समूहले विपक्षी अन्य नेतामाथि समेत नियोजित आक्रमण गर्दा विवाद थप बल्झिएको एक नेताले जानकारी दिए ।

‘५२ वटै वडामा निर्वाचन सुरु भएको छ,’ निर्वाचन अधिकृत लोकेन्द्र बमले भने, ‘धेरैजसो स्थानमा निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन भइसकेको जानकारी मतदान अधिकृतले दिएका छन् ।’

सभापति मल्लले जिल्ला अधिवेशन भाँड्न खोजे पनि उनकै समूहका धेरैजसो नेताले साथ दिएका छैनन् । मल्ल खेमामा रहेका अधिकांश नेताले वडामा अधिवेशनको प्रक्रियामा भाग लिएका छन् । दुवै समूहका केही नेता क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भइसकेको जानकारी मतदान अधिकृतले दिएका छन् ।

‘सबैतिर उत्साहका साथ वडा अधिवेशन सुरु भएका छन्,’ नेपाली कांग्रेस संगठन विभागका केन्द्रीय सदस्य शेरबहादुर भण्डारीले भने, ‘हामीले निर्वाचन समितिको निर्णय र कार्यतालिकाअनुसार जाने हो, व्यक्ति को भन्छ भन्ने ठूलो कुरा भएन ।’

जिल्लामा अधिकांश भ्रातृ तथा शुभेच्छुक संगठनले बिहीबार नै विज्ञप्ति निकालेर निर्वाचन प्रक्रियामा सहभागी हुन आह्वान गरेका थिए । कांग्रेसकै केही नेताहरूले डडेल्धुरामा अधिवेशन प्रक्रिया रोक्न निर्वाचन समितिलाई दबाब दिएका थिए ।

तर, समितिले कुनै व्यक्तिको निहित स्वार्थमा अधिवेशन नरोकिने जनाउँदै प्रक्रिया अघि बढाएको हो । जिल्ला सभापति मल्ल समूहले भने निर्वाचन प्रक्रियामा आफूहरूको असहमति रहेको जनाएको छ ।

अधिवेशन प्रक्रिया सुरु भएसँगै डडेल्धुराका कांग्रेस कार्यकर्ता उत्साहित भएका छन् । एक मात्र प्रनिधिनिसभा निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा पाँच हजार ६ सय ४३ क्रियाशील सदस्य रहेको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : २५ भदौ २०७८, शुक्रबार  ११ : ३९ बजे

मलेखु-मुग्लिन सडक आजदेखि राति छ घण्टा बन्द हुने

मलेखु । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकको इच्छाकामना खण्ड आजदेखि तीन

राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको अधिवेशन

एन आई सी एशिया बैंकको नयाँ वर्ष २०८३ को क्यालेन्डर सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंक लिमिटेडले नयाँ वर्ष

बिहीबार सङ्घीय संसद् बैठक बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले यही चैत १९ गते बिहीबार दिउँसो २ः००

महेश बस्नेतलाई पक्राउ गर्न अदालतले दिएन अनुमति

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नेकपा एमालेका सचिव महेश बस्नेतलाई