१ पुस २०८२, मंगलबार | December 17, 2025

डडेल्धुरामा विवादबीच सुरु भयो कांग्रेस वडा अधिवेशन



डडेल्धुरा । कांग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा नेपाली कांग्रेसको वडा अधिवेशन सुरु भएको छ ।

जिल्ला सभापति कर्णबहादुर मल्ल पक्षले निवार्चन निर्देशिकाविपरीत वडा अधिवेशन स्थगनको एकलौटी सूचना गरेको थियो । तर, केन्द्रीय निर्वाचन समितिले जिल्ला सभापतिलाई निर्वाचन स्थगित गर्ने अधिकार नरहेको भन्दै सार्वजनिक तालिकाअनुसार निर्वाचन प्रक्रिया अगाडि बढाएको हो । तालिकाअनुसार आज बिहान ८ः ३० बजेबाट ५२ वटै वडामा अधिवेशन सुरु भएको छ ।

क्रियाशील सदस्यताको विषयलाई लिएर जिल्ला सभापति मल्ल समूहले निर्वाचन अधिकृत लोकेन्द्र बममाथि कार्यसमितिको बैठकमै हातपात गरेपछि डडेल्धुरा कांग्रेसमा किचलो सुरु भएको थियो । मल्ल समूहले विपक्षी अन्य नेतामाथि समेत नियोजित आक्रमण गर्दा विवाद थप बल्झिएको एक नेताले जानकारी दिए ।

‘५२ वटै वडामा निर्वाचन सुरु भएको छ,’ निर्वाचन अधिकृत लोकेन्द्र बमले भने, ‘धेरैजसो स्थानमा निर्विरोध क्षेत्रीय प्रतिनिधि चयन भइसकेको जानकारी मतदान अधिकृतले दिएका छन् ।’

सभापति मल्लले जिल्ला अधिवेशन भाँड्न खोजे पनि उनकै समूहका धेरैजसो नेताले साथ दिएका छैनन् । मल्ल खेमामा रहेका अधिकांश नेताले वडामा अधिवेशनको प्रक्रियामा भाग लिएका छन् । दुवै समूहका केही नेता क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भइसकेको जानकारी मतदान अधिकृतले दिएका छन् ।

‘सबैतिर उत्साहका साथ वडा अधिवेशन सुरु भएका छन्,’ नेपाली कांग्रेस संगठन विभागका केन्द्रीय सदस्य शेरबहादुर भण्डारीले भने, ‘हामीले निर्वाचन समितिको निर्णय र कार्यतालिकाअनुसार जाने हो, व्यक्ति को भन्छ भन्ने ठूलो कुरा भएन ।’

जिल्लामा अधिकांश भ्रातृ तथा शुभेच्छुक संगठनले बिहीबार नै विज्ञप्ति निकालेर निर्वाचन प्रक्रियामा सहभागी हुन आह्वान गरेका थिए । कांग्रेसकै केही नेताहरूले डडेल्धुरामा अधिवेशन प्रक्रिया रोक्न निर्वाचन समितिलाई दबाब दिएका थिए ।

तर, समितिले कुनै व्यक्तिको निहित स्वार्थमा अधिवेशन नरोकिने जनाउँदै प्रक्रिया अघि बढाएको हो । जिल्ला सभापति मल्ल समूहले भने निर्वाचन प्रक्रियामा आफूहरूको असहमति रहेको जनाएको छ ।

अधिवेशन प्रक्रिया सुरु भएसँगै डडेल्धुराका कांग्रेस कार्यकर्ता उत्साहित भएका छन् । एक मात्र प्रनिधिनिसभा निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा पाँच हजार ६ सय ४३ क्रियाशील सदस्य रहेको निर्वाचन समितिले जनाएको छ ।

प्रकाशित मिति : २५ भदौ २०७८, शुक्रबार  ११ : ३९ बजे

अदालतको आदेश अलपत्र परेपछि सहकारी पीडितहरु आमरण तथा रिले अनशनमा

नेपालगन्ज । सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जका बचतकर्ताहरुले अदालतको आदेश

नेपालगन्जमा शेयर साक्षरता कार्यक्रम

नेपालगन्ज । शेयर बजारका लगानीकर्ताका लागि यहाँ शेयर साक्षरता सुरु

निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्यो : निर्वाचन आयोग

काठमाडौँ । निर्वाचन आयोग नेपालका कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले

एमाले मतदान पटक पटक सारिँदै, भोलि ८ बजे मतदान सुरु हुने

काठमाडौं । एमालेको नेतृत्व चयनका लागि हुन लागेको मतदान प्रक्रिया

योजना आयोगका नवनियुक्त उपाध्यक्षबाट प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष